सर्भेयरको पेशागत क्षमता अभिवृद्धि गर्न शिखर इन्स्योरेन्सद्वारा सर्भेयर सम्मेलन सम्पन्न

Advertisement

काठमाडौं । शिखर इन्स्योरेन्सले नवीनतम जोखिम व्यवस्थापनमा सर्भेयरको भूमिका विष्यक सम्मेलन सम्पन्न गरेको छ । 

दाबी प्रक्रियालाई सरल, छिटो छरितो बनाई दाबी फछ्यौट गर्न सर्भेयरको अहम भुमिकालाई स्वतन्त्र, निस्पक्ष तथा प्रभावकारी बनाउन सहजीकरण गरी बीमा क्षेत्रको बिकास, सर्भेयरको पेशागत क्षमता अभिवृद्धि गर्न तथा बीमा क्षेत्रमा मर्यादित भई सर्भेयरको रुपमा निरन्तर सेवामा रही कार्य गर्ने व्यक्तित्वहरुलाई उनीहरुले पुऱ्याएको योगदानको कदर सहित सम्मान गर्न समेत यस कार्यकमको आयोजना गरिएको कम्पनीले जनाएको छ । 

Advertisement

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका प्रतिनिधि निर्देशक पुजन ढुङ्गेल, शाभ्राज लामिछाने, नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री, बीमा क्षेत्रमा सर्भेयरको रुपमा कार्यरत करिब  १५० जना सर्भेयर तथा नेपला इन्स्योरेन्स सर्भेयर एसोसियसनबाट सम्पुर्ण पदाधिकारीहरु समेतको सहभागिता रहेको थियो । कार्यक्रमको नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष प्राडा फत्तबहादुर केसीले मन्तव्य व्यक्त गरेका थिए । 

undefinedकार्यक्रममा बिभिन्न सत्रमा बिकसित नयाँ प्रविधि, विश्वव्यापी नविनतम मौसमी जोखिमहरु बिश्वव्यापी उष्णता लगायत अन्य महाविपत्तिको कारण सृजना भइरहेको जोखिमहरुको व्यवस्थानका लागि बीमा कम्पनी तथा सर्भेयरहरुले समेत आफ्नो भुमिकालाई सबल बनाउँदै जानुपर्नेमा जोड दिईएको थियो ।

कार्यक्रम समापन समारोहमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको प्रमुख आतिथ्यता, कार्यकारी निर्देशक राजुरमण पौडेलको विशेष आतिथ्य र नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीको आतिथ्य रहेको थियो । 

नेपालको बीमा क्षेत्रमा सर्भेयरको रुपमा पच्चीस वर्ष भन्दा बढी कार्य गरी योगदान पुर्याउने  नौ जना सर्भेयरलाई सम्मान गरिएको थियो । सर्भेयरले पुऱ्याएको योगदानको उच्च कदर स्वरुप सम्मानित हुने वरिष्ठ सर्भेयरहरुलाई बधाई ज्ञापन गर्दै गरियो । 

भविष्यमा बीमा क्षेत्रमा आई पर्न सक्ने चुनौतिको, सामनाका लागि कार्यक्रमले  पूर्व तयारीको रुपमा एउटा इटा थप्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले जानकारी गराए । 

Advertisement

Advertisement