सूर्य कुण्ड हाइड्रोको आईपीओ आउने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट

Advertisement

काठमाडौं । अपिपावर कम्पनीको मुख्य लगानी रहेको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । रु. १०० अंकित दरका २०,००,००० कित्ता आईपीओ निष्काशन गर्ने भएको हो ।

यसैक्रममा कम्पनीले नेपाल एसविआई मर्चेण्ट बैकिङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । उक्त सम्झौतामा  सुर्यकुण्ड हाइड्रोका अध्यक्षसतिश न्यौपाने र नेपाल एसविआई मर्चेण्टका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका छन् । 

Advertisement

सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नं. १ स्थित अप्पर तादी खोला हाईड्रोपावर प्रोजेक्टमा ११ मे.वा. क्षमताको विद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको निर्माण कार्य करिव ५० प्रतिशत सम्पन्न भईसकेको कम्पनीले जनाएको छ । 

आयोजनाको कूल लागत रु २२० करोड रहने र आयोजनाको लागि आवश्यक ऋण रु १३५ करोड नेपाल एसविआई बैंकको एकल लगानीबाट सम्पन्न भएको छ । यस कम्पनीमा अपि पावर कम्पनीले बहुमत शेयरमा लगानी भएको छ । 

आयोजना अबको १० महिना भित्रसंचालनमा ल्याउने कम्पनीले जनाएको छ । यस आयोजनाबाट उत्पादित विद्युत शक्ति ३३ केभि डबल सर्किट लाईनबाट ८ किलोमिटर टाढा रहेको समुन्द्रटार सवस्टेशनमा जडान गरी सो विद्युत मातातीर्थ, काठमाडौं ल्याइनेछ । 
 

Advertisement

Advertisement