आईजीआई प्रुडेन्सियल र हाथवे इन्भेष्टमेन्ट ‘नेपाल रि’ बाट बाहिरिंदै, शेयर बिक्री गर्न बोलपत्र आह्वान

Advertisement

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले नेपाल पुनर्बीमा कम्पनीका रहेको संस्थापक शेयर बिक्री गर्ने भएका छन् । 

आईजीआई प्रुडेन्सियलले २० लाख कित्ता र हाथवे इन्भेष्टमेन्टले ६ लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्री गर्नका लागि शिलबन्दी बोलपत्र आह्वान गरेका छन् । 

Advertisement

प्रतिकित्ता न्यूनतम रु. २८० मा शेयर खरिद गर्न इच्छुक लगानीकर्ताहरुले चैत १२ गतसम्म आवेदन दिनु पर्ने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।   
 

Advertisement