शेयर बजारमा उच्च अंकको करेक्शन, कारोबार रकम भने साढे ४ अर्ब नाघ्यो

Advertisement

काठमाडौं । शेयर बजारमा उच्च अंकको करेक्शन आएको छ । २१ सय अंक माथि पुगेको बजार आज फेरि तल झरेको हो । नेप्से तल झरे पनि कारोबार रकम भने बढेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३०.५६ अंकले तल झरेको छ । १.४५ प्रतिशतले बजार घट्दा नेप्से २०७०.५९ अंकमा ओर्लिएको हो ।

Advertisement

आज ३०५  कम्पनीका १ करोड २१ लख ६५ हजार २ सय २ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६६ करोड ७१ लख ७९ हजार ३ सय ४.१४ कित्ता शेयर किनबेच भएको हो ।

समग्रमा बजार घटे पनि तीन कम्पनीमा पोजेटिभ सर्किट लाग्यो । बोटलर्स नेपाल बालाजु, समाज लघुवित्त र सुपर माई हाइड्रोका लगानीकर्ताले १०–१० प्रतिशत नाफा कमाए । 

त्यस्तै गुराँस लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.७० प्रतिशतले घाटा व्यहोरे । 

आज पनि हिमालयन रि कै उच्च कारोबार भयो । उक्त कम्पनीको ३२ करोड ५० लाख ४५ हजार ७२.५० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।    

साताको पहिलो दिन आइतबार १०.५० अंकले बजार घट्दा ४ अर्ब ८ करोड ५६ लाख ७८ हजार ४ सय ७२.१६ रुपियाँ र हिजो सोमबार १५।३३ अंकले बजार बढ्दा ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार १ सय २८.४८ रुपियाँ बराबरको कारोबार भएको थियो । 

Advertisement

Advertisement