काठमाडौं । चौधरी समूहको सिजी मोटर्सले अर्को अटोमोवाइल ब्राण्ड नेपालमा भित्राएको छ । पछिल्लो समयमा अटोमोवाइल व्यवसायमा जोड दिएको सिजीले आज (मंगलबार) चिनियाँ लोकप्रिय ब्राण्ड ‘आयोन’ नेपालमा भित्राएको हो ।
आज चौधरी समूहका प्रवन्ध निर्देशक निर्माण चौधरीले ‘आयोन वाई’को बिक्री शुभारम्भ गरे । ग्वान्जाओ अटोमोवाइल ग्रुप कर्पोरेसन (जीएसी)को यो विद्युतीय कारको मूल्य ५४ लाख ९९ हजार रहेको छ । विभिन्न सात रंगमा उपलब्ध यो कार अन्य विद्युतीय सवारी साधनहरुको तुलनामा प्रतिस्पर्धी र उत्कृष्ट हुने भन्दै चौधरी समूहले चाँडै नै यसले नेपालमा बजार लिने विश्वास लिएको छ ।
वातावरण स्वच्छ राख्न सहयोग गर्ने यो कार थापाथलीस्थित शोरुमबाट खरीद गर्न सकिन्छ । निर्माण चौधरीले आयोन वाई किफायती मूल्य र उत्कृष्ट विशेषताको भएकाले उपभोक्ताको रोजाईमा पर्ने बताउँदै आकर्षक डिजाइन, पावरफुल ब्याट्री, अत्याधुनिक ब्याट्री प्रणाली, सहज प्रकृतिको कार भएकाले ग्राहकहरुले मन पराउने विश्वास लिए ।
आयोन वाई चार हजार ५३५ एमएमको लम्बाई, एक हजार ८७० एमएम चौडाई, एक हजार ६५० एमएम उचाई रहेको छ भने ह्विल बेस दुई हजार ७५० एमएम रहेको छ । पाँच सिट क्षमताको यो कारको रेन्ज ४९० किलोमिटर र ब्याट्री ६१.५ किलोवाट प्रतिआवर रहेको छ ।
सन् २०१७ मा स्थापना भएको जीएसीले छाटो समयमा नै आफ्ना उत्पादनलाई स्थापित गरी विश्व बजारमा पुर्याउन सफल भएको हो । आयोन ब्राण्डका गाडी सन् २०२३ मा मात्रै चीनमा २१ हजारभन्दा बढी बिक्री भएका थिए । यो बिक्री उक्त बर्षको चीनको विद्युतीय सवारी साधनको चौंथो धेरै बिक्री हो । विश्वको विद्युतीय सवारी साधनको बजारमा यो गाडीले ५.६२ प्रतिशत हिस्सा ओगटेको भन्दै सिजी मोटर्सले नेपालमा पनि चाँडै राम्रो बजार हिस्सा लिने आशा लिएको छ ।
चौधरी समूहले यसअघि नेटा भी, नेटा एक्स, विद्युतीय होजोन अटोका क्रसओभर भित्राएको छ । सो समूह भारतीय कम्पनी हिरो मोटोकर्पको हिरो ब्राण्डका दुई पांग्रे सवारी साधन र जर्मनीको मर्सिडिज ब्राण्डको समेत लगानी रहेको विद्युतीय कार स्मार्ट ह्यासट्याग १ को पनि आधिकारिक बिक्रेता भएको छ । बंगलादेशका लागि बीवाईडीको आधिकारिक बिक्रेता बनेको चौधरी समूहले नेपालमा पनि उक्त ब्राण्डको आधिकारिक बिक्रेता हुने प्रयास गर्दै आएको छ । कमर्सियल भेहिकलतर्फ केवाईसी ब्राण्डको विद्युतीय गाडी पनि चौधरी समूहले भित्राएको छ ।
Vehicle model |
AION Y |
Version |
|
Guide Price – MSRP (NPR) |
5,499,000 |
Length/mm |
4535 |
Width/mm |
1870 |
Height/mm |
1650 |
Wheelbase/mm |
2750 |
Seats |
Five seats |
Range(km) NEDC |
490 (NEDC) |
Range(km)WLTP |
405 (WLTP) |
Battery Size |
61.5 Kwh |
Motor Type |
PMSM |
Max power(kW) |
100 KW |
Max Torque(N.m) |
225 NM |
Max Speed(km/h) |
150 km/h |
Acceleration time0~100km/h(s) |
8.5 |
Ground Clearnce (mm) |
180 MM |
ADAS Features |
YES |