गायक गौतमदास र गायिका निशा देशारको गीत ‘झिमिक्कै परेली’ सार्वजनिक

Advertisement

काठमाडौं । विगत चार दशकदेखि संगीत क्षेत्रमा सक्रिय गायक गौतमदास मानन्धर र चर्चित गायिका निशा देसारको स्वर रहेको ‘झिमिक्कै परेली’ भिडियो गीत सार्वजनिक भएको छ । 
 
ब्लु बेरी अडियो भिडियो कम्पनीको प्रडक्सनमा हाइलाइटस् नेपाल च्यानलमार्फत सार्वजनिक यो गीत अन्जु मानन्धरले निर्माण गरेकी हुन् । गीतमा शब्द तथा संगीत चर्चित संगीतकार अनिल शाहीको रहेको छ । 

मनोज महर्जन र हसना महर्जनको अभिनय गरेको यस गीतको छायाङ्कन तथा सम्पादन अभिग्राफी र साथमा बबिन देसारको रहेको छ । यस गीतको नृत्य निर्देशक रेश्मा खड्गी र सुमित शाहीले गरेका छन् । 

Advertisement

अहिले बजारमा चल्दै आएको लोक, आधुनिक रोमान्टिक डान्सिङ बिटको समिश्रणमा बनेको यस गीतका गायक गौतमदास मानन्धरले यसअघि एकल एल्बम, सदाबहार र नेपाल भाषाका थुप्रै गीतहरु गाईसकेका छन् । 

Advertisement

Advertisement