घोराही सिमेन्टको खुद नाफा ऋणात्मक,  बिक्री आम्दानी १ अर्ब ७१ करोड

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म घोराही सिमेन्टको खुद नाफा ऋणात्मक देखिएको छ । गत आवको सोही अवधिमा १ करोड ५४ लाख रुपियाँ धनात्मक रहेको कम्पनीको खुद नाफा समीक्षा अवधिमा ४१ करोड ८४ लाख रुपियाँ ऋणात्मक भएको छ ।

त्यस्तै, कम्पनीले यस अवधिमा १ अर्ब ७१ करोड रुपियाँ बिक्री आम्दानी गरेको छ । यो गत आवको तुलनामा तुलनामा १.४० प्रतिशतले बढी हो । गत आवमा यस्तो आम्दानी १ अर्ब ६८ करोड रुपियाँ थियो ।

Advertisement

कम्पनीको अन्य आम्दानी घटेको र खर्च बढेका कारण खुद नाफा ऋणात्मक हुन पुगेको हो । समीक्षा अवधिमा कम्पनीको कुल नाफा ४६.७७ प्रतिशत घटेको छ भने अन्य आम्दानी ९८.८७ प्रतिशत घटेको छ ।

समीक्षा अवधिमा ४ अर्ब ५६ करोड रुपियाँ चुक्ता पुँजी तथा जगेडा कोषमा ५ अर्ब ७३ करोड रुपियाँ सञ्चित रहेको कम्पनीको प्रतिशेयर आम्दानी १८.३२ रुपियाँ ऋणात्मक छ भने प्रतिशेयर नेटवर्थ २२५.४५ रुपियाँ छ ।

Advertisement