नेपाल माउन्टेन एकेडेमी र क्लाउड फ्याक्ट्रीबीच समझदारी

Advertisement

काठमाडौं । नेपाल माउन्टेन एकेडेमी र सूचना प्रविधि क्षेत्रको अग्रणी कम्पनी क्लाउड फ्याक्ट्रीबीच आपसी समझदारी भएको छ ।

एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुको क्षमता विकास र क्लाउड फ्याक्ट्रीमा सिर्जना हुने सम्भावित अवसरहरुमा प्राथमिकता दिने गरी समझदारी भएको  हो । समझदारीपछि क्लाउड फ्याक्ट्रीले आफुलाई आवश्यक पर्ने उपयुक्त जनशक्ति लिँदा एकेडेमीका विद्यार्थीहरुलाई प्राथमिकतामा राख्ने भएको एकेडेमीले जनाएको छ ।

Advertisement

त्यस्तै पर्वतीय पर्यटनको विकासमा प्रविधिको प्रयोगलाई बढावा दिन क्लाउड फ्याक्ट्रीका उच्च व्यवस्थापकहरुलाई गेस्ट लेक्चरको लागि प्राथमिकता एकेडेमीले दिने भएको छ । 

नेपाल माउन्टेन एकेडेमी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेको संस्था हो भने क्लाउड फ्याक्ट्री विदेशी लगानीमा स्थापित नेपाली प्रविधि कम्पनी हो । 
 

Advertisement

Advertisement