विश्वकप लिग २ का खेल एक्सन स्पोर्टस एचडीवानले प्रत्यक्ष प्रसारण गर्ने

Advertisement

काठमाडौं । नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का खेलहरु (भोलि) बिहीबारबाट सुरु हुँदै छ । 

पछिल्लो समय नेपाल र क्यानडाबीचको बाइल्याटरल सिरिज प्रत्यक्ष प्रशारण गरेको डिसहोम एक्सन स्पोर्टस एचडीवानले बिहीबारदेखि सुरु हुन लागेको आईसीसी लिग टू अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने त्रिकोणात्मक एक दिवसीय सिरिज पनि प्रत्यक्ष प्रशारण गर्ने जनाएको छ । 

Advertisement

तीनै टोलीले एकअर्कासँग दुई पटक खेल्नेछन् । लिग २ का सबै ६ खेल डिशहोमको एक्सन स्पोर्टस एचडीवानले प्रत्यक्ष प्रसारण गर्नेछ । त्यस्तै, एक्सन स्पोर्टसको युट्युब र डिशहोस गो एपबाट पनि प्रत्यक्ष प्रसारण हुने कम्पनीको भनाई छ ।  

कीर्तिपुरस्थित टीयु मैदानमा हुने लिगको पहिलो खेल भोलि नेपाल र नामिबियाबीच हुनेछ । फागुन ५ गते नेपाल र नेदरल्यान्ड्स, फागुन ७ मा नामिबिया र नेदरल्यान्ड्स, फागुन ९ मा नेपाल र नामिबिया, फागुन ११ मा नामिबिया र नेदरल्यान्ड्स तथा फागुन १३ मा छैटौं तथा अन्तिम खेल नेपाल र नेदरल्यान्ड्सबीच  हुनेछ । 

लिग २ मा नेपाल, नामिबिया, नेदरल्यान्ड्ससहित क्यानडा, ओमान, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स, अमेरिका छन् । लिग २ मा हरेक टोलीले ३६ खेल खेल्नेछन् ।

सबै खेल बिहान सवा ९ बजेदेखि सुरु हुनेछ । तीन वर्षसम्म चल्ने लिग २ का शीर्ष ४ टोलीले सिधै विश्व छनोट खेल्ने पाउनेछ । पुछारका ४ टोलीले भने प्ले अफ खेल्नुपर्ने हुन्छ । 

Advertisement