संस्थागत सुशासनविपरित हिमालयन एभरेष्टमा पटक पटक एउटै व्यक्ति स्वतन्त्र सञ्चालक

Advertisement

काठमाडौं । बीमाको संस्थागत सुशासनविपरित तत्कालिन हिमालयन जनरल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालक विजय पन्तलाई दोहोर्याएर हिमालयन एभरेष्टको पनि स्वतन्त्र सञ्चालक बनाइएको भन्दै कम्पनीमा चर्को विरोध सुरु भएको छ । 

एक कार्यकाल पूरा गरेपछि दोहोर्याएर एउटैलाई पुनः स्वतन्त्र सञ्चालक चयन गर्न नमिल्ने व्यवस्था हुँदाहुँदै पनि मर्जर भएर नयाँ कम्पनी बनेको बहानामा पन्तलाई पुनः भित्राउने काम भएको हो । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीचको मर्जरपछि बोलाइएको गत बर्षको साधारणसभाले पन्तलाई पुनः स्वतन्त्र सञ्चालक चयन गरेको हो । 

Advertisement

कम्पनी सञ्चालक समितिका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठको दबाब र स्वार्थमा पुनः चयन भएका पन्तको विषयमा हालै सम्पन्न कम्पनीको अर्को साधारणसभामा पनि कुरा उठेको थियो । हालै सम्पन्न सभामा पन्तको चयनको विषयलाई लिएर प्रतिनिधिहरुले विरोध जनाए पनि अध्यक्ष श्रेष्ठले सो कुरालाई उपेक्षा गर्दै पन्तको बचाउ गरेका थिए । 

कम्पनी स्रोत भन्छ, ‘अध्यक्षज्यूको के स्वार्थ र सम्वन्ध हो ? थाहा भएन । उहाँले पन्तलाई नै दोहोर्याएर ल्याउन खोज्नुभयो । अस्तिको साधारणसभामा पनि कुरा उठेपछि उहाँले ‘नियमअनुसार नै भएको हो’ भनेर फितलो जवाफ दिएर बचाउ गर्नुभयो । यस्तो कुरा त बीमा प्राधिकरणले हेर्नुपर्ने हो । ध्यान दिनुपर्ने हो ।’ कम्पनीको सबै वित्तीय अवस्था राम्रै रहेको बेला ‘इलिगल’ सञ्चालक राख्नु किन जरुरी थियो ? भन्दै उनले प्रश्न उठाए । 

बीमाको संस्थागत सुशासनमा स्वतन्त्र सञ्चालक दुई कार्यकाल काम गर्न पाउने कहिँ व्यवस्था पनि गरिएको छैन् र कल्पना पनि गरिएको छैन् । स्वयम पन्तले पटक पटक स्वतन्त्र सञ्चालक भएर कम्पनीबाट अनुचित लाभ लिन खोजेको देखिन्छ । सञ्चालकको कार्यकाल चार बर्षको हुन्छ । पन्त तत्कालिन जनता बैंक, ग्राण्ड बैंकको सीईओ पनि हुन् । 

Advertisement

Advertisement