अकुत सम्पत्ति आर्जनसम्वन्धी अनुसन्धानका लागि पौडेलद्धयलाई थप १० दिन थुनामा राख्न अनुमति

Advertisement

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्वन्धी अनुसन्धानका लागि भन्दै पक्राउ परेका दुई पूर्व सरकारी अधिकारीहरुलाई थप १० दिन थुनामा राख्न विशेष अदालतले अनुमति दिएको छ । 

गैरकानूनी सम्पत्तिआर्जन गरेको उजुरीको आधारमा अनुसन्धानका लागि पक्राउ परेका विकल पौडेल र सुनिल पौडेललाई म्याद थप गर्न बुधबार अदालतमा पेश गरिएको थियो । 

Advertisement


यसअघि दुई फरक–फरक भ्रष्टाचार मुद्दामा परेका पौडेलद्धयमाथि गैरकानूनी सम्पत्ति आर्जन गरेको, विदेशमा कमिसन लुकाएको लगायतका आरोप लागेको छ । दुवैजना गत १० माघमा पक्राउ परेका थिए । 

नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई गैरकानूनी सम्पत्तिआर्जनको अनुसन्धानको सिलसिलामा बयानका लागि बोलाउँदा उपस्थित नभएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो । यसअघि उनीहरुमाथि भ्रष्टाचारमुद्दा दायर भइसकेको छ ।  

Advertisement