एक करोड ३ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

Advertisement

काठमाडौं । दुई हाइड्रो कम्पनीको १ करोड ३ लाख ४७ हजार ४ सय ३१ कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ ।
 
चिलिमे हाइड्रोपावर कम्पनी र सानिमा माई हाइड्रोपावर कम्पनीको बोनस शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।

यसैक्रममा चिलिमे हाइड्रोले शेयरधनीहरुलाई प्रदान गरेको १० प्रतिशत बोनस बापतको ७२ लाख ५८ हजार १ सय ८० कित्ता शेयर सूचीकृत भएको छ ।

Advertisement

त्यस्तै सानिमा माईले शेयरधनीहरुलाई प्रदान गरेको १० प्रतिशत बोनस बापतको ३० लाख ८९ हजार २ सय ५१ कित्ता शेयर पनि आजै सूचीकृत भएको नेप्सेले जनाएको छ । 
 

Advertisement