फागुन ७ गते हुने ईपीएस कोरियन भाषा परीक्षाको स्थान तय

Advertisement

काठमाडौं । कोरियन भाषा परीक्षा हुने स्थान तय गरिएको छ । फागुन ७ गते हुने ईपीएस कोरिया शाखा ग्वार्को, ललितपुरका अनुसार कोरियन भाषा परीक्षा राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान भैंसेपाटीमा रहेको यूबीटी बिल्डिङमा हुनेछ ।  

परीक्षा दिन दुई घण्टा अगावै परीक्षा केन्द्रमा उपस्थित हुनुपर्नेछ । निर्धारित मिति, समय र सिफ्टमा आवश्यक कागजात राहदानी र प्रवेश पत्रसहित उपस्थित नहुनेलाई परीक्षामा समावेश नगराइने शाखाले जनाएको छ ।

Advertisement

undefined

Advertisement