त्रिभुवन विमानस्थल मर्मतका क्रममा केही दिन पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुनसक्ने

Advertisement

काठमाडौं । नेपाल उड्डयन प्राधिकरणअन्तर्गतको ‘हवाई यातायात क्षमता अभिवृद्धि आयोजना’ ले सन् २०२५ को सुरुवात वा सोही बर्ष मार्च महिनामा अन्तर्राष्ट्रिय उडान बन्द गरेर विमानस्थलको पूर्वाधार निर्माण तथा बिस्तारको काम गर्ने तयारी गरेको छ । 

त्रिभुवन विमानस्थलको आधुनिक टर्मिनल भवन, एप्रोन, ट्याक्सी–वे लगायतका पूर्वाधार निर्माण तथा बिस्तारको काम गर्न लागिएको भन्दै प्राधिकरणले आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई बुधबार बोलाएर छलफल गरी जानकारी दिएको हो । 

Advertisement

आयोजनाका परियोजना निर्देशक दिपेन्द्र श्रेष्ठले भने, ‘हामीले निर्माण गर्न लागेको चाहिँ समानान्तर ट्याक्सी–वे, रन–वेको चारै दिशामा गरी ८–१० ठाउँमा नयाँ ट्याक्सी–वेहरु लगेर रन–वेमा जोडनुपर्ने हुन्छ । त्यो चाहिँ विमानस्थलको रन–वेको सुरक्षाको लागि हो ।, रन–वेको क्षमता बढाउनको लागि पनि हो । निरन्तर ५ दिन नै अन्तर्राष्ट्रिय उडान बन्द हुने चाहिँ होइन् । पटक पटक गरेर हुने हो ।’  

पाँच दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुन लागेको हल्लामा सत्यता नरहेको बताउँदै उनले थपे, ‘सबैभन्दा खराब अवस्थामा जुन रन–वेको नजिक ट्याक्सी–वे जोडनुपर्ने हुन्छ, त्यो चाहिँ तीन मिटरभन्दा बढी खन्नुपर्ने हुन्छ । त्यो खन्दाखेरी रन–वे सञ्चालन गर्न मिल्दैन् । त्यो अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्डअनुसारको कुरा हो । खनेर खुल्ला छोडन पनि मिल्र्दैन् । जमिन खन्दा भित्र कालो माटो वा पानी भेटियो भने त्यसको लागि सावधान गर्नको लागि समय चाहिने भएकाले खास खास दिन उडान रोक्न लागेको हो । त्यो भनेको बन्द ८–१० घण्टा विमानस्थल बन्द गरेर काम गर्ने हो । कहिलेकाहीं त्यति समयले पनि नपुग्न सक्छ, खन्दै जाँदा । त्यस्तो अवस्थामा पूरै २४ घण्टा विमानस्थल बन्द गर्नुपर्ने हुनसक्छ ।’

रन–वेमै ट्याक्सी–वे कनेक्ट गर्ने कुराका लागि अहिले तीन ठाउँमा काम भइरहेको बताउँदै श्रेष्ठले सकेसम्म विमासथ्ल बन्द गर्नुपर्ने परिस्थिति कम गर्नेगरी आफूहरुले कामको योजना बनाएको बताए । उनले सकेसम्म उडानमा बाधा नै नगर्न कसरी सकिन्छ ? भनेर पनि आफूहरुले अध्ययन गरिरहेको बताए । 

श्रेष्ठले भने, ‘हामीले सुरक्षामा पनि सम्झौता गर्ने कुरा भएन् । जोखिम लिने कुरा पनि भएन् । त्यस्तो अवस्थामा पूरा दिन ४–५ दिन उडानमा बाधा हुनसक्छ । आज एक ठाउँमा, अर्को ४–५ दिनपछि, यसरी उडान बन्द गर्नुपर्ने हुनसक्छ । त्रिभुवन विमानस्थल बन्द भए पनि भैरहवा र पोखरा विमानस्थलहरु छन । यही दुई वटै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमै रहेकाले हामीसँग विकल्प छ ।’ 

सबैको मिलेर सल्लाहमा वायुसेवाहरुले वैकल्पिक विमानस्थलहरुबाट उडानको योजना गर्यो भने खासै समस्या नहुने श्रेष्ठको विश्वास छ । प्राधिकरणले अन्तर्राष्ट्रिय उड्डयन संगठन (आईकाओ)को जारी प्रावधानअनुसार त्रिभुवन विमानस्थल मर्मतबारे प्रारम्भिक जानकारी दिएको उनले बताए । यस्तो अवस्थामा आईकाओको मापदण्ड अनुसार संसारभरका उड्डयनकर्मीहरूको जानकारीका लागि एरोनोटिकल इन्फरमेसन पब्लिकेसन (एआईपी)मा नक्सा प्रकाशन गर्नुपर्ने हुन्छ । 

Advertisement

Advertisement