अबको बजेटमा विद्युतीय सवारी साधनमा दुई सय प्रतिशत राजश्व बढ्नसक्छः गिरी

Advertisement

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले अर्थमन्त्री र अर्थ मन्त्रालय मातहतका कर्मचारीले समेत विद्युतीय सवारी साधनको आयात बढेको कारण अपेक्षित राजश्व उठ्न सकेन भन्नुको अर्थ आगामी बजेटमा विद्युतीय सवारी साधनमा दुई सय प्रतिशत राजश्व बढ्ने आँकलन गर्नुपर्ने अवस्था देखिएको बताएका छन् । 

बिहीबार संसदको अर्थमन्त्रीको बैठकमा उनले विद्युतीय सवारी साधनका कारण राजश्व लक्ष्यअनुसार उठेन भन्नु राजश्व बढाउने संकेत भएको औंल्याएका हुन् । ठूला व्यवसायीहरुले अहिले वा बजेट भाषण अगाडि सवारी साधन किनेर राख्न सरकारले जनाउ घण्टी बजाइसकेको गिरीले बताए । 

Advertisement

उनले विद्युतीय सवारी साधनमा सरकारले लिएको नीतिको उल्टोबाटो हिँड्नु गलत हुने बताए । गिरीले विद्युृतीय सवारीसाधनलाई सहुलियत दिँदा भन्सार दरमा कमी आएको भए पनि पेट्रोलियम पदार्थको आयातलाई कम गरेको विषयलाई हेर्नुपर्ने बताउँदै मुलुकमा सुशासन ल्याउनको लागि जिम्मेवारी प्राप्त व्यक्तिहरुले आफ्नो जिम्मेवारी पूरा गर्नु आवश्यक रहेको बताए । 

Advertisement

Advertisement