ललिता निवास प्रकरणमा व्यवसायी गुरुङलाई दुई वर्षको जेल सजाय, ८० लाखभन्दा बढी जरिवाना

Advertisement

काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ जेल जाने भएका छन् । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अनियमिततामा विशेष अदालतले उनलाई बिहीबार दोषी ठहर गरेको हो । 

विशेष अदालतका न्यायाधीशहरु खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले गुरुङलाई दुई वर्ष जेल सजाय र नगद जरिवाना तोकेको हो । 

Advertisement

गुरुङलाई यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले संगठित अपराधको मुद्दामा समेत पक्राउ गरी हिरासतमा राखेको थियो । उनले आफ्नो कम्पनीमा नामसारी गरेको जग्गा सरकारले जफत पनि गर्ने भएको छ । यस्तै, ८० लाखभन्दा धेरै नगद जरिवाना समेत तोकेको छ । 

अदालतले यस प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको हो ।

दोषी ठहर हुने अन्यमा कलाधर देउजा, सुरेन्द्रमान कपाली, युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनी पनि छन् । उनीहरुलाई दुई वर्ष कैद सजाय तोकिएको छ । त्यस्तै नौ करोड रुपियाँ जरिवाना १२ जनाले दामासाहीले तिर्ने फैसला भएको छ ।

त्यस्तै, राजीनामा वा बकसपत्रबाट ६५ जनाको नाममा दर्ता भएको जग्गा जफत हुने ठहर गरेको छ ।

Advertisement