कलामार्फत वातावरण संरक्षण विषयमा फिलिपिनो अभियन्तासँग छलफल

Advertisement

काठमाडौं । कीर्तिपुर स्वयंसेवक समाजले फिलिपिनो कलाअभियन्ता एजी सानोसँग कीर्तिपुरको नेवाःलहनामा कला मार्फत वातावरण संरक्षण विषयमा विशेष आइडिया शेयरिङ कार्यक्रम आयोजना गरेको छ । 

शोक, त्रासदी, न्याय र आशाले एजी सानोको कला र सक्रियतालाई विगत तीस वर्षमा उत्प्रेरित गरेको छ । प्रख्यात फिलिपिनो मुरल चित्रकार, फोटोग्राफर, र वातावरणीय कार्यकर्ता फिलिपिन्स वरपरको सार्वजनिक स्थानहरूमा डल्फिन र पर्यावरणीय समस्याहरूलाई मुरल बनाउने कामका लागि लागि परिचित छन् । 

Advertisement

कार्यक्रममा उनले जलवायु परिवर्तनले विशेषत उनको कलाअभियानको मुख्य विषयबस्तु भएको बताए । कलाप्रेमीहरुले उनलाई ‘व्हेल बोई’ भनेर चिन्छन् । हाल सम्म उनले २५ बढी देशमा १२ सय मुरल चित्र बनाएका छन् । 

कलाकार सानोले कीर्तिपुरको कलात्मक चेतले आफू प्रभावित भएको बताए । यहाँका भित्तेचित्र सांस्कर्तिक धरोहर भएको र यसको सबैले जगेर्ना गर्नुपर्ने बताए । उनलाई कार्यक्रममा स्थानिय कलाकारहरुको मौलिक डाफा संगितले स्वागत गरिएको थियो । 

वातावरणीय अभियन्ता सौरभ ढकालले कार्यक्रमको सहजीकरण गरेका थिए । युवाहरुमा भएको ज्ञान सीप र क्षमताको माध्यमबाट संगठित रूपमा स्वयंसेवा गर्न विसं २०६१ सालमा स्थापना भएको कीर्तिपुर स्वयंसेवक समाजले युवा क्षमता विकास, विपद् व्यवस्थापन आदि क्षेत्रहरुमा निरन्तर काम गर्दै आइरहेको छ ।

Advertisement

Advertisement