आफ्नो १७ वर्षिया छोरीको बलात्कारपछि हत्या भएको भन्दै न्याय खोज्न बाबु काठमाडौंमा

Advertisement

काठमाडौं । गत पुसमा बलात्कारपछि हत्या गरिएकी बाजुराकी १७ वर्षियाा रेजिना नेपालीका बुबा बुदे सनाईले वडादेखि प्रहरी प्रशासन दोषी उम्काउन लागेको बताएका छन् । 

काठमाडौं आएर पत्रकार सम्मेलन गर्दै उनले आफू छोरीको न्यायको निम्ति काठमाडौं आउन बाध्य भएको बताउँदै तयारी गरेको जाहेरी उल्ट्याई आत्महत्या दुरुत्साहनको जाहेरी बनाई ३२ दिनपछि मात्रै दर्ता गरेको जानकारी दिए । 

Advertisement

सनाईले हत्या जस्तो घटनालाई प्रहरी प्रशासनले वास्ता नगर्ने मात्रै नभई दोषीलाई उम्काउनसमेत षड्यन्त्र गरेको बताए । उनले भने, ‘मलाई मेरो गाउँघरमा न्यायका लागि साथदिने कोही नभएर यति टाढा आएको छु । मलाई छोरीको न्यायबाहेक अरु केही चाहिन्न । दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दछु ।’

मृतक रेजिना नेपालीको ठूलो बुबा सुरेन्द्र नेपालीले आत्महत्या दुरुत्सहान नभई जबरजस्ती करणी र हत्या नै भएको दाबी गरे । ठूलो बा नेपालीले २ नम्बर वडाको अध्यक्ष पदम भण्डारीको गाडी चालक अर्जुन रावतले नै बलत्कारपछि हत्या गरेको दाबी गरे । 

घटना भएको दिन पुस १ गते राती ८ बजे मृतक रेजिनाको घर नजिकै प्रतिबादी रावतलाई भेटेको बताउँदै उनले भने, ‘मंसिर २९ गते नाईना भन्ने ठाउँमा मृतक रेजिनासहित ४ जना किशोरीहरुमाथि यौनजन्य घटना हुनु, १ गते राति रेजिनाको मृत्यु हुनु र सोही दिन घटनाको समयमा प्रतिबादी घटनास्थलमा देखिनु कुनै संयोग हुनसक्दैन ।’

एकीकृत दलित मुक्ति मोचाका संयोजक दर्शनकुमार नेपालीले पीडितको न्यायका लागि आफूहरु कुनै पनि हदसम्म जाने बताए । उनले भने, ‘मृतक रेजिना नेपालीको हत्यापछि र हत्या अघिका घटनाहरु केलाउँदा घटना आत्महत्या दुरुत्सहान नभई जबजस्ती करणी र हत्या नै भएको देखिन्छ ।’

संयोजक नेपालीले बलात्कारपछि हत्या नै भएको आधार दिँदै भने, ‘मंसिर २९ गते भागी बिहे गरेकी बिपना नेपालीलाई पुर्यान गएकी मृतक रेजिनाका ३ जना साथीहरुलाई फर्किर्ने क्रममा नाइन भन्ने ठाउँमा गाडीमा लक गर्ने र प्रतिबादीले रेजिनालाई गाडीबाट टाढा लगेर २५–३० मिनेटपछि फर्किनु, मृत्यु हुनुअघि रेजिनाको सल प्रतिबादी रावतसँगै हुनु, प्रतिबादी घटना भएको समयमा नजिकै भेटिनु, घटनापछि फरार हुनु, प्रहरी प्रशासनले ३२ दिनसम्म जाहेरी नलिनु, पीडितले दिएको बलात्कार तथा हत्याको जाहेरीलाई उल्ट्याउँदै आत्महत्या दुरुत्साहनको जाहेरी दिन दबाब दिनु, राम्रोसँग छानबिन नहुँदै मृतकको सवलाई अन्त्यष्टि गर्न मनोवैज्ञानिकरुपमा दबाब दिनु र पीडितको पक्षमा बोल्नेहरुलाई प्रहरी चौकीबाट बाहिर निकाल्नुलगायतका अन्य षड्यन्त्र हुनु प्रतिबादी बचाउनु मुख्य आधार हुन ।’ 

सो मोर्चाका नेता राम नेपालीले सो घटनालाई ओझेलमा पारी पीडकलाई उन्मुक्ति दिने अनेक षडयन्त्र भईरहेको बताउँदै भने, ‘स्थानीय सरकार, संसदीय राजनीतिक पार्टीका नेताहरु, प्रहरी प्रशासनलगायत सरोकारवालाहरु जिम्मेवार नहुनुले उत्पीडित दलित समुदायले गम्भीर संकटको सामना गर्नु परेको देखिन्छ ।’

के हो घटना ?
गत मंसिर २९ गते गाउँकै बिपना नेपाली (रेजिनाको दिदी नाता पर्ने)ले आफू भागेर बिहे गरेर जान लागेको र आफूलाई आधी बाटो छोड्न जानुपर्ने भनेपछि रेजिना नेपाली, जसी नेपाली, बिनिता नेपाली र कविता नेपाली चार जना बिपनालाई घरदेखि पोइली घरसम्म छोड्न वडा नम्बर २ का अध्यक्ष पदम भण्डारीको गाडी चालक अर्जुन रावतको गाडीमा गएका थिए । सो क्रममा रेजिनसहित चार जनाले बिपनाको पोईली घर सुदाडा पुर्याई फर्किने क्रममा गाडी लक गरी राति १ बजे चारैजना किशोरीमाथि यौनजन्य क्रियाकलाप भएको र नाइना भन्ने ठाउँमा निज रावतले रेजिनालाई गाडीबाट झारी अन्य ३ जनालाई भित्रै लक गरी उनलाई टाढा लगि २५–३० मिनेटपछि  गाडिमै फर्काएका थिए ।

त्यसको तेस्रो दिन पुनः घरमै आएर बलात्कारपछि हत्या गरेर झुड्याएको परिवारको आरोप छ । घटनालगत्तै छोरीको न्यायका लागी जाहेरी दर्ता गराउन जाँदा पीडित परिवारलाई चार पटक प्रहरीले नै जाहेरी लिन नमानेर घर फर्काएका थिए । पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै जाहेरी दर्ता गर्ने भनेको जिल्ला प्रहरी कार्यालय बाजुराले ३२ दिनपछि मात्रै जाहेरी दर्ता गरेको थियो । 

त्यो पनि जाहेरी परिवर्तन गरेपछि मात्रै दर्ता गरेको मृतक रेजिनाको ठूलो बुबा सुरेन्द्र नेपालीकोे भनाई छ । प्रहरीले आफूले भने अनुसारको जाहेरी दर्ता गर्न नमानेको नेपालीले बताएका छन् । प्रहरीले नै आरोपितलाई संरक्षण गर्न खोजेको उनको आरोप छ । पोष्टमार्टम रिपोर्टमा समेत आफूहरुको असन्तुष्टि रहेको उनको जिकिर छ ।

पोष्टमार्टम रिपोर्टमासमेत सेटिङ गरेर गलत रिपोर्ट निकालेको भन्दै पीडित पक्षले आरोपित अर्जुन रावत रेजिना मृत भेटिएको दिनदेखि नै गाडी छोडेर फरार रहेको बताएको छ । रावतलाई संरक्षण गर्नका लागि प्रहरी प्रशासनदेखि, विभिन्न राजनीति दलका नेताहरु नै सक्रिय देखिएको उनीहरुको भनाई छ । 
 

Advertisement