‘ओभरलोड’ बोकेर चल्ने भारतीय ट्रकलाई तत्काल रोक्न ट्रक व्यवसायीकोः माग

Advertisement

काठमाडौं । ट्रक व्यवसायीहरुले ‘ओभरलोड’ बोकेर चल्ने भारतीय ट्रकलाई तत्काल रोक्न सरकारसँग माग गरेका छन् । शुक्रबार बुटवलमा आयोजित पश्चिमाञ्चल यातायात व्यवसायी समितिको साधारणसभा तथा अधिवेशनमा व्यवसायीहरुले यस्तो माग गरेका हुन् । 

भारतीय ट्रकहरु नियम, कानुन विपरित ओभरलोड बोकेर चल्ने गरेको भन्दै उनीहरुले तत्काल रोक्नुपर्ने माग गरे । भारतीय ट्रकहरुलाई नेपालमा निर्बाध रुपमा चल्न दिननहुने व्यवसायीहरुको तर्क छ ।ओभरलोड बोकेर नेपालमा चल्ने भारतीय ट्रकसँग  नेपाली ट्रकले प्रतिस्पर्धा गर्न नसक्ने व्यवसायीहरुले बताए ।

Advertisement

नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठले लाखौँ मानिसलाई रोजगार दिएर राज्यलाई अग्रिम कर बुझाउँदै आएका आफूहरु संकटमा पर्दा पनि सरकार गम्भीर बन्न नसकेको बताए । उनले सरकारले निर्धारण गरेको भाडा पनि नपाइएको गुनासो गरे । सरकारले यातायात कानुन बनाउनुपर्ने श्रेष्ठले बताए । 

उनले यातायात व्यवसायीका माग सरकारले सम्बोधन नगरेकाले अधिकारका लागि व्यवसायिक एकता आवश्यक रहेको पनि बताए । श्रेष्ठले ट्राफिक प्रहरीको ज्यादती र ओभरलोड बोक्ने भारतीय ट्रककाविरुद्व आन्दोलनमा उत्रनुपर्ने बताए । 

महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले भारतीय ट्रकका कारण यातायात व्यवसायी आफ्नो पेशाबाट पलायन हुनु परेको बताए ।
 

Advertisement

Advertisement