समग्र अर्थतन्त्रमा समस्या आएकोले बैंकमा पनि संकट देखियोः कावा गभर्नर ढुंगाना

Advertisement

काठमाडौँ । नेपाल राष्ट्र बैंककी कार्यवाहक गभर्नर निलम ढुंगानाले ऋण लिएपछि तिर्नुपर्ने बताएकी छिन् । महिला आर्थिक पत्रकार संघ (फेजा) ले आज आयोजना गरेको नीतिगत बहस कार्यक्रममा बोल्दै ढुंगानाले यस्तो बताएकी हुन् ।

उनले समग्र अर्थतन्त्रमा समस्या आएको कारण बैंकमा पनि समस्या देखिएको बताईन् । यद्यपी छिमेकी देशहरुको तुलनामा नेपलाको एनपीएल कम नै रहेको जानकारी गराईन् । 

Advertisement

नेपालमा वित्तीय क्षेत्रको आकार र पहुंच विस्तार भएको, निजी क्षेत्रमा जाने कर्जा विस्तार भएको र अर्थतन्त्रका अधिकांश सूचक सकरात्मक देखिएकाले बैंकिङ क्षेत्रमा देखिएका समस्या पनि छिट्टै ठीक हुने बताईन् ।

पूँजीगत खर्च बढे समग्र अर्थतन्त्रमा सकारात्मक असर देखिने उनको भनाई छ । 

Advertisement