सामसङले भित्र्यायो ग्यालेक्सी ए१५ फाइभजी, मूल्य कति ?

Advertisement

काठमाडौं । सामसङले भर्खरै नेपालमा ग्यालेक्सी ए१५ फाइभजी ल्याएको छ । जसले सस्तो मूल्यमा नयाँ सुविधाहरूको समायोजन गरेकोे छ । 

अत्याधुनिक सुविधाहरूले भरिपूर्ण भएपनि ए१५ ५जीले सामसङको पहुँचको लागि प्रतिबद्धता कायम राख्छ । ६/१२८ जीबीको हाइ–इन्ड टेक्नोलोजी प्रदान गर्दै यो रु. २७,९९९ को प्रतिस्पर्धी मूल्यमा, ८/१२८ जीबी रु. २९,९९९ मा र ८/२५६जीबी संस्करण रु. ३३,९९९ मा उपलब्ध हुनेछ । 

Advertisement

ग्यालेक्सी ए१५ ५जी इन्स्टा फाइनान्स सेवाको साथमा सबै अधिकृत सामसङ स्टोरहरूमा सजिलै प्राप्त गर्न सकिनेछ । यो सेवामा ०% ब्याजमा झन्झटमुक्त ईएमआई सेवाहरू र सजिलो प्रोसेसिङद्वारा एक घण्टा भित्र प्राप्त गर्न सकिने छ । 

विभिन्न रंगहरूः कालो निलो, निलो र हल्का निलोमा उपलब्ध यी डिभाइसहरुले वास्तवमै राम्रो काम गर्नुको साथै स्टाइलिश र आरामदायक डिजाइनको साथ हेर्दा पनि आकर्षक देखिने कम्पनीले जनाएको छ । 
 

Advertisement

Advertisement