बैंकिङ कसुर विधेयकमा चेक बाउन्सको विषय मात्रै समेटेको कुरा सत्य होइन्ः अर्थमन्त्री महत

Advertisement

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले बैंकिङ कसुर तथा सजाय(दोस्रो संशोधन) विधेयक २०८० ले केवल चेक अनादर (बाउन्स))को विषयलाई मात्रै नसमेटेको बताएका छन् । आईतवार प्रनिनिधि सभामा विधेयकको सैद्धान्तिक पक्षमाथि छलफलमा सांसदहरुले बैंकिङ कसुर विधेयक चेक अनादरसँग सम्बन्धित विषयमा मात्रै केन्द्रित भएको बताएका थिए । 

सांसदहरुको मन्तव्यपछि जवाफ दिँदै मन्त्री महतले सो विधेयक चेक अनादरको विषयसँग मात्रै सम्बन्धित नभएको बताए । उनले बैंक, वित्तीय संस्था, सहकारी संस्थामा देखापरेका समस्याहरुको विषयलाई विधेयकमा समेटिएको बताए । 

Advertisement

महतले भने, ‘चेक बाउन्सको विषय मात्रै छैन । बैंक, वित्तीय संस्था, सहकारी संस्था यसको चल, अचल सम्पती मिले मतो वा जाल, परिपञ्च गरी वा हक नभएको सम्पतीमा आफ्नो हक दाबी भएको भनेर अहिले धेरै सहकारी, वित्तीय संस्थाहरुमा समस्याहरु आएको छ, ति समस्याहरु संशोधनमा समेटिएको छ । चेक बाउन्सको मात्र समेटिएको छैन । यतिमात्रै व्यवस्थाले सम्पूर्ण बैंकिङ, वित्तीय संस्था, सहकारी संस्था यसको सम्पूर्ण कुरो सम्बोधन हुन सक्दैन त्यो हामीलाई थाहा छ । यो विषयमा ०६४ सालमा बनेको थियो त्यो सँग जोडिएको कहाँ कमी, कमजोरी छ, त्यो विषयलाई मध्यनजर गरेर समेटेर यो संशोधन प्रश्ताव ल्याएको ।’

उनले यो विधेयकमा अन्य धेरै कुराहरु समेट्न बाँकी रहेको भएपनि हाललाई भने पहिलेकै ऐनलाई संशोधन गरी हाल देखा परेका समस्याहरुलाई सुधार गर्नेगरी ल्याइएको बताए । 

Advertisement

Advertisement