एनआईसी एशियाको बारेमा निराधार तथा बदनियतपूर्ण भनाई तथा समाचारप्रति सिबिफिनको आपत्ति

Advertisement

काठमाडौं । एनआईसी एशियाको बारेमा निराधार तथा बदनियतपूर्ण भनाई तथा समाचारप्रति बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले आपत्ति जनाएको छ । बैंकको उल्लेख नगरी संस्थाले यस विषयमा बोलेको हो । 

मुलुकको समग्र अर्थतन्त्रको मेरुदण्डकोरुपमा रहेका र सोही बमोजिमको कर्तव्य र भूमिका समेत निर्वाह गर्दै लाखौ ग्राहकहरुलाई अन्तराष्ट्रियस्तरको बैंकिङ सेवा प्रवाह गरिरहेका बैंक तथा वित्तीय संस्थाहरुको विरुद्धमा विगत केही दिनदेखि केही व्यक्ति तथा समूहबाट बैंक तथा वित्तीय संस्थाहरुको साख, गरिमा, विश्वसनियतामा ठेस पुग्ने गरी विभिन्न अफवाह फैलाउने र आशंका एवं अविश्वास बढाउने खालका समाचारहरु सम्प्रेषण गरिएको भन्दै सिविफिनले यसे कार्यप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ । 

Advertisement

सवल नियमनकारी निकायको सुक्ष्म निगरानीमा तथा प्रचलित कानून तथा नियमनकारी निकायले जारी गरेका नीति–निर्देशनहरुका  अक्षरशः पालना गर्दै संचालित बैंक तथा वित्तीय संस्थाहरुको अत्यन्त सवलीकरण र पारदर्शीरुपमा संचालन हुने सुनिश्चितता गर्न देहाय बमोजिमको कानूनी व्यवस्था लागू गर्न संस्थाले केही तथ्य पनि प्रस्तुत गरेको छ । 

१. बैंक तथा वित्तीय संस्था सञ्चालनसम्बन्धी ऐन २०७३, तथा सो ऐनबमोजिम जारी भएको नियम तथा सो बमोजिम नेपाल राष्ट्र बैंकले जारी गर्ने निर्देशन बमोजिम संचालन हुने ।

२. अन्तर्राष्ट्रिय मापदण्डका आधारमा नेपाल राष्ट्र बैंकबाट नियमितरुपमा सुपरिवेक्षण तथा अनुगमन भई विभिन्न निर्देशन जारी हुने र सो को परिपालनाको नियमित अनुगमन हुने र निर्देशन पालना नभए कानूनबमोजिम आवश्यक कारवाही हुने ।

३. बैंक तथा वित्तीय संस्थाहरुको आर्थिक परिसूचकहरु जस्तैः क्यापिटल एडुक्वेसी रेसियो, सीडी रेसियो, क्यास रिर्जभ रेसियो लगायतका विभिन्न प्रमुख वित्तीय तथा गैर वित्तीय परिसूचकहरुको सम्बन्धमा नियममितरुपमा आन्तरिक तथा नियामकमार्फत समेत अनुमगन हुने र सो सम्बन्धी केही कैफियत भए तुरुन्त समाधान गर्न निर्देशन दिने र निर्देशन पालना नभए कानून बमोजिम कारबाही हुने ।

४. नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको रु. ५ लाखसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको “निक्षेप तथा कर्जा सुरक्षण कोष” मार्फत सुरक्षण गरिएको हुने ।

उपयुक्त तथ्यहरुलाई मध्यनजर गर्दै गएको पुस मसान्तसम्म कुल ग्राहस्थ उत्पादनको ११३.९३ प्रतिशत निक्षेप, कुल ग्राहस्थ उत्पादनको ९४.४७ प्रतिशत कर्जा लगानी, छ हजार ४४१ शाखा संजाल रहेको बैंक तथा वित्तीय संस्थाहरुको मुख्य वित्तीय परिसूचकहरु स्वस्थ एवं सवल रहेको, सर्वसाधारण निक्षेपकर्ता तथा समग्र ग्राहक वर्गको हकहितका विषयमा कुनै पनि जोखिम सिर्जना नभएको जानकारी गराउँदै सिविफिनले समग्र सरोकारवालाहरुको हकहित संरक्षण गर्ने विषयमा सम्पूर्ण बैंक वित्तीय संस्थाहरु पूर्णरुपमा प्रतिबद्ध र दृढ संकल्पित रहेको बताएको छ । 

संस्थाको विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ, केही व्यक्ति तथा समूहले फैलाएका भ्रामक तथा तथ्यहिन विषयहरुको पछि नलागी आफू सम्बद्ध बैंक तथा वित्तीय संस्थाहरुको वास्तविक तथ्यहरुका बारेमा बुझ्नु परेमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुका आधिकारिक प्रतिनिधिहरुलाई सम्पर्क गर्नुहुन समेत सम्पूर्ण ग्राहकवर्गहरुमा हार्दिक आग्रह गर्दछौं ।’ 

Advertisement

Advertisement