हिमालयन रि र एशियन लाइफको शेयर मूल्य समायोजन, अब कुनको कति ?

Advertisement

काठमाडौं । एक बीमा र एक पुनर्बीमा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र हिमालयन रि इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य आज समायोजन गरिएको नेप्सेले जनाएको छ ।

यसैक्रममा एशियन लाइफले शेयरधनीहरुलाई ७.७५ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ६१६.८० कायम गरिएको छ । यसअघि रु. ६६४.६० थियो ।

Advertisement

त्यस्तै हिमालयन रि ले शेयरधनीहरुलाई ४ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ६२०.२९ कायम गरिएको छ । यसअघि रु. ६४५.१० थियो ।

मंगलबारदेखि यी दुबै कम्पनीको समायोजन गरिएको मूल्यबाट शेयर कारोबार हुने नेप्सेले जनाएको छ ।     
 

Advertisement

Advertisement