मेलम्चीमा ठेकेदारलाई बढी रकम भुक्तानी गरेको भन्दै पूर्वसचिव भीम उपाध्यायविरुद्ध मुद्दा

Advertisement

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा ठेकेदारलाई बढी रकम भुक्तानी गरेर भ्रष्टाचार गरेको भन्दै १८ जनालाई विपक्षी बनाएर आरोप पत्र दर्ता गरेको छ । 

आइतवार आयोगले विशेष अदालतमा अनुसन्धान पूरा गरी मेलम्ची खानेपानी विकास समितिबाट तत्कालीन भएको अनियमितता सम्बन्धमा आइतबार आरोपपत्र दर्ता गरेको हो । विशेष अदालतका प्रवक्ता एवं सूचना अधिकारी धनबहादुर कार्कीले मेलम्ची खानेपानी विकास समितिबाट तत्कालीन भएको अनियमितता सम्बन्धमा आरोप पत्र दायर भएको बताए । 

Advertisement

यसमा तीन जना मेलम्ची खानेपानी विकास समितिका तत्कालीन अध्यक्ष र खानेपानी मन्त्रालयका तत्कालीन सचिव तीन जना रहेका छन् जसमा सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय र गजेन्द्रकुमार ठाकुर तीन जना पूर्वसचिव सहित दुई जना विदेशी परामर्श दाता र एक जना निर्माण व्यवसायी विदेशीसहित जम्मा १८ जनालाई विपक्षी बनाएर विभिन्न फरक—फरक व्यक्तिलाई फरक—फरक बिगोको मागदाबी गरिएको छ । 

उपाध्याय सामाजिक सञ्जालमा सक्रिय हुने भएकाले उनी परिचित पनि छन् । नेकपा एमाले र सो पार्टीका अध्यक्ष केपी ओलीको कटू आलोचना गरेका कारण तत्कालिन ओली सरकारले उनलाई साइबर कानुनमा पक्राउ समेत गरेको थियो । 
 
पूर्वसचिव सञ्जय शर्मा र अर्थ मन्त्रालयका सहसचिव मुकुन्द पौडेलको हकमा छुट्टै बिगो मागदाबी रहेको र उनीहरुलाई ६ करोड ९७ लाख ८३ हजार १७८ रुपियाँ ९६ पैसा रहेको छ । मेलम्ची खानेपानीका तत्कालीन अध्यक्ष तथा खानेपानी सचिव भीमप्रसाद उपाध्यायको हकमा चार करोड ११ लाख ३४ हजार २७९ रुपियाँ ८२ पैसा रहेको छ । 

कार्कीले खानेपानी बोर्डका तत्कालीन सदस्यहरु, निर्माण व्यवसायी र परामर्शदातासहितलाई विपक्षी बनाएर फरक—फरक मागदाबी लिएर आरोप पत्र दर्ता भएको बताए ।  मुद्दा लाग्नेमा अर्थ मन्लयका तत्कालीन सहसचिव तथा मेलम्ची खानेपानी आयोजना विकास समितिका बोर्ड सदस्य मुकुन्द पौडेल, बोर्ड सदस्य रुद्रसिंह तामाङ, बोर्ड सदस्य चन्द्रबहादुर थापा छन् । तामाङ अहिले अध्यागमन विभागको प्रमुख छन् । 


त्यस्तै मेलम्ची खानेपानी आयोजना विकास समितिका तत्कालीन कार्यकारी निर्देशकहरु घनश्याम भट्टराई, रामचन्द्र देवकोटा र सूर्यराज कँडेल, समितिका तत्कालीन लेखा उपसचिव मणिभन्द्र न्यौपाने, बेगनाथ पौडेल, केदारप्रसाद अर्याल, लेखा अधिकृत रामचन्द्र न्यौपाने, निर्माणस्थलका इन्जिनियर तत्कालीन उपकार्यकारी निर्देशक भोजबिक्रम थापाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ ।

परामर्शदाता एप्टिसा( बेट्स जेभीका तत्कालीन डेपुटी टिम लिडर शिवकुमार शर्मा, निर्माण व्यवसायी एप्टिसा र बेट्स कन्सल्टिङ जेभी र अर्को निर्माण व्यवसायी सीएमसी डि रविनाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

Advertisement