अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ निलम्बित

Advertisement

काठमाडौं । अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ निलम्बित भएका छन् । मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बित भएका हुन् । 

अख्तियारले तामाङसहित पूर्वसचिव भीमउपाध्यायसमेत गरी १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । मेलम्ची खानेपानी आयोजनामा इटालियन ठेकेदार सीएमसीलाई डि रेभेनालाई मेलम्ची खानेपानी आयोगजनामा अनुचित ढंगले बढी रकम भुक्तानी गरेर भ्रष्टाचार गरेको अभियोगमा उनीहरुविरुद्ध मुद्दा दायर भएको हो ।

Advertisement

मेलम्ची खानेपानी विकास समिति सदस्यका रुपमा निर्णय प्रक्रियामा सहभागी भएको भन्दै तामाङविरुद्ध ११ करोढ ९ लाख बराबरको भ्रष्टाचार मुद्दा दायर भएको हो । सीएमसीलाई रकम भुक्तानी गर्ने समयमा तामाङ काठमाडौं महानगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत थिए ।

Advertisement