विश्वकप क्रिकेट लिगमा नामिबिया बिरुद्ध नेदरल्यान्ड्सको शानदार जित

Advertisement

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक शृङ्खलाअन्र्गत आज भएको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई सात विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नामिबियाले प्रस्तुत गरेको एक सय २४ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले २७ दशमलव दुई ओरभमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो । यस जितसँगै नेदरल्यान्ड्सले दुई खेलमा दुई अङ्क जोडेको छ । पहिलो खेलमा नेदरल्यान्ड्स नेपालसँग नौ विकेटले पराजित भएको थियो । 

Advertisement

समान दुई खेल नै खेलेको नामिबियाको पनि समान दुई अङ्क नै छ । पहिलो खेलमा नामिबियाले नेपाललाई चार विकेटले हराएको थियो । 

नेदरल्यान्ड्सको जितमा माइकल लेभिटले सर्वाधिक ५७ रनको योगदान दिए । उनले ८१ बल खेल्दै आठ चौका र दुई छक्का प्रहार गरे । त्यसैगरी म्याक्स ओडोउडले २८ रन बनाउदा बास डी लिडेले अविजित २१ रन बनाए ।

नामिबियाका लागि कप्तान जेर्रार्ड एरास्मसले तीन विकेट  लिए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले ३५ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय २३ रनको योगफल बनाएको थियो । नामिबियाका लागि जेजे स्मिथले २६, जान ग्रिनले १९, रुबेन ट्रम्पलम्यानले २०, निकोलस डाभिन र कप्तान जेर्रार्ड एरास्मसले समान  १३र१३ तथा वेर्नार्ड स्कोल्ट्जले १२ रन बनाए ।

नामिबियालाई सस्तैमा समेट्नेक्रममा नेदरल्यान्ड्सका आर्यन दत्त एक्लैले छ विकेट लिए भने  कायल केलिनले दुई विकेट झारे । त्यस्तै रोलेफ भान डेर मार्वे र म्याक्स ओडोउडले समान एक÷एक विकेट झारे । 

Advertisement

Advertisement