पाँचवटा लघुवित्त संस्था एफपीओ निष्काशनको पाईपलाइनमा, कुनको कति ? (सूचीसहित)

Advertisement

काठमाडौं । विभिन्न पाँच लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने भएका छन् । 

हकप्रद निष्काशनको तयारीमा रहेका नयाँ सारथी समता घरेलु, किसान, सूर्योदय वोमी र महुली लघुवित्त वित्तीय संस्था नेपाल धितोपत्र बोर्ड (सेबोन) मा पाईपलाइनमा रहेका छन् । 

Advertisement

नयाँ सारथीले ३ लाख २९ हजार ६ सय ४९ कित्ता, समता घरेलुले ३ लाख ३२ हजार ८ सय ५६ कित्ता, किसानले १६ लाख ६६ हजार ९ सय ६५ कित्ता, सूर्योदय वोमीले ४६ हजार ७ सय ३० कित्ता र महुली लघुवित्तले ४ लाख ७५ हजार ४ सय ४९ कित्ता एफपीओ निकाशनको अनुमति मागेका हुन् ।

यी कम्पनीहरुले क्रमशः २०७८ भदौ ९ गते, २०७८ चैत २९ गते, २०७८ असार २९ गते, २०८० भदौ १८ गते र २०८० भदौ २५ गते सेबोनमा आवेदन दिएका हुन् ।

एफपीओ निष्काशनका लागि क्रमशः एनएमबि क्यापिटल, मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ क्यापिटल, कुमारी क्यापिटल र लक्ष्मी सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेका छन् । 

undefined
 

Advertisement

Advertisement