स्तर सुधार नगरी नेपाली चलचित्रबाट विदेशी पर्यटक आकर्षित गर्ने भुवन केसीको सपना

Advertisement

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलभित्रको माध्यमबाट नेपालमा पर्यटक बढाउनुपर्ने इच्छा प्रकट गरेका छन् । 

मकवानपुरमा आयोजित चलचित्रसम्वन्धी एक कार्यक्रममा उनले नेपाली चलभित्रको स्तर सुधार नगरी यसमार्फत विदेशी पर्यटक भित्राउने इच्छा प्रकट गरेका हुन् । नेपाली फिल्म उद्योगको इतिहास लामो भइसक्दा पनि यो क्षेत्रले स्तरीय कलाकारहरुको उत्पादन गर्न, लगानी वृद्धि गरी उच्चस्तरीय प्रविधि र प्रविधिकहरुमार्फत सबै वर्गका मानिसहरुले मन पराउने चलभित्र निर्माण गर्न नेपाली चलभित्र क्षेत्र र सरकारले ध्यान दिएको छैन् । 

Advertisement

तर भुवन केसीले भने नेपाली फिल्मबाट नै नेपालका मनमोहक दृश्यहरुलाई विश्वसामु देखाउन सक्नुपर्ने बताए । उनले मुस्ताङ, मनाङ लगायतका स्थानमा नेपाली चलचित्र कैद गरेर प्रदर्शन गर्दा आन्तरिक र बाह्य पयर्टकहरु बढ्ने आशा व्यक्त गरे । 

नेपाली चलचित्रलाई विश्वमाझ पुर्याउने चुनौति अबका दिनमा नेपाली चलचित्रकर्मीहरुसँग रहेको केसीको भनाई छ । उनले विदेशी दर्शकलाई पनि टार्गेट गरेर आगामी दिनमा चलचित्र निर्माण गर्नुपर्ने बताए । 

अभिनेत्री केकी अधिकारीले सिनेमा पर्यटनलाई विशेष जोड दिन आवश्यक रहेको बताइन् । सिनेमामा नेपाली सौन्दर्यता कैद गरेर ती दृश्यहरु प्रश्तुत गर्दा आन्तरिक र बाह्य पर्यटकहरु बढेको तर्क गर्दै उनले नेपालका प्राकृतिक सौन्दर्यतासँगै नेपाली चलचित्रका लागि आन्तरिक सम्भावना भएका ठाउँलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक रहेको बताइन् । 

अभिनेता तथा निर्देशक निश्चल बस्नेतले राम्रो फिल्म बनाउँदा राम्रो भन्न सक्नुपर्ने बताए । 

Advertisement

Advertisement