लाभांश वितरण तथा हकप्रद प्रस्तावका लागि एशियन लाइफले डाक्यो साधारणसभा

Advertisement

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा फागुन १८ गते बस्ने भएको छ । कम्पनीले लाभांशलगायतका प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको हो । 

सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ७.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४०७ प्रतिशत नगद गरी कुल ८.१६ प्रतिशत लाभांश वितरण प्रस्ताव पेस गर्नेछ । साथै, गत आवको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुने बताइएको छ । 

Advertisement

त्यसैगरी, सभाले चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण पनि गर्नेछ । बोनस शेयर वितरणपछि कायम हुने पुँजीमा ४२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्नेबारे पनि प्रस्ताव पेस हुने कम्पनीले जनाएको छ ।

सभा प्रयोजनार्थ कम्पनीले मंगलबार (आज) का लागि बुक क्लोज गरेको छ । 

Advertisement

Advertisement