ढुलमुले नीतिमा रहेका शशांक पनि अन्ततः हिन्दूराष्ट्रको पक्षमा

Advertisement

काठमाडौं । सनातन हिन्दु राष्ट्रको पक्षमा चलाएको अभियानमा नेपाली कांग्रेसका पूर्व महामन्त्री शशांक कोइरालाले पनि हस्ताक्षर गरेका छन् । यसअघि ढुलमुले नीति लिँदै आएका उनले कहिले राजासहितको हिन्दूराज्यको कुरा गर्ने कहिले गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा बोल्ने गर्दै आएका थिए । 

ललितपुरको गोदावरीमा जारी महासमिति बैठक स्थलमा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा रहेको सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानले हस्ताक्षर अभियान चलाएकोमा शशांकले पनि गएर हस्ताक्षर गरेका हुन् । 

Advertisement

उनी स्वर्गीय नेता विपी कोइरालाका छोरा हुन् । विपी कट्टर राजसंस्थावादी भए पनि कांग्रेसको राजनीतिमा लागेका शशांकको भने प्रष्ट विचार रहने गरेको छैन् । कोइराला परिवारकै कतिपय सदस्य तथा विपी कोइरालाको नातिनी एवं अभिनेतृ मनिषा कोइराला भने राजसंस्था र हिन्दूराष्ट्रको अभियानमा खुलेर लागेकी छन् । 

हिन्दू राष्ट्र अभियानको पक्षमा हस्ताक्षर गर्ने कांग्रेस केन्द्रीय सदस्य ३१ र महाधिवेसन प्रतिनिधि चार सयभन्दा बढी पुगेको अभियानका नेताहरुले बताएका छन् । 

Advertisement

Advertisement