नेपाली कपडाको ब्राण्ड स्थापना गर्ने सपनाबाट सुरु भएको ‘मकालु आउटफिट’

Advertisement

काठमाडौं । लामो समयदेखि पर्यटन क्षेत्रमा लागेका सात जनाले स्थापना गरेको नेपाली कपडाको ब्राण्ड ‘मकालु आउटफिट’ हो । विशेषगरी साहसिक खेल तथा पर्यटन क्षेत्रका लागि उपयोगी यो ब्राण्ड स्थापित गराउन सफल टिमका संस्थापक हुन् दावा शेर्पा । 

दर्श वर्षदेखिको योजनापछि नेपाली कपडाको ब्राण्ड ‘मकालु आउटफिट’ बजारमा ल्याउन आफूहरु सफल भएको कम्पनी संस्थापक (फाउन्डर) शेर्पाले बताए । उनले भने, ‘नेपालमा आफ्नै ब्राण्डको कपडा बजारमा ल्याउने सपना पूरा भएको छ । हामी सात जना नै पर्यटन क्षेत्रबाट भएकोले विदेशी ब्राण्डको कपडाभन्दा पनि स्वदेशी ब्राण्डको कपडा बजारमा ल्याएर मकालु आउटफिट’ नामक दियौं ।’ 

Advertisement

नेपालमा विभिन्न ब्राण्डका नेपाली कपडा बजारमा आए पनि यसलाई स्थापित गरी सबैले चिन्ने बनाउनु र यसप्रति उपभोक्ताको विश्वास बढाउनु ठूलो चुनौति भएको शेर्पाले बताए । उनले भने, ‘कति विदेशी ब्राण्डको मात्र कपडा हामीले लगाउने ? हाम्रो पैसा किन बाहिर पठाउने ? भन्ने सोच पनि हो हाम्रो । त्यसैले पनि हामीले आफ्नै ब्राण्डको कपडा बजारमा ल्याएका हौं ।’ 

‘मकालु आउटफिट’ बजारमा आएको करिव तीन बर्ष भयो । यसको कारखाना राजधानी काठमाडौंको थलीमा छ भने पहिलो बिक्री कक्ष (शाखा) ठमेलमा छ । शेर्पाले भने, ‘हामी पर्यटन क्षेत्रमा लागिसकेपछि साहसिक लाइनको पोसाकहरु पनि आवश्यक पर्छ । पर्यटनसँग पनि सम्बन्धित भएकाले आफ्नै एउटा आउटफिट खोल्ने सोच बनायौं ।’ उनले अरुलाई बनाउन दिएर नभएर आफूहरुले नै कारखाना खोलेर कपडा उत्पादन सुरु गरेको बताए । 

शेर्पाले भने, ‘कारखानाबाट सुरुवात गर्दा र अरुलाई बनाउन दिएर आफ्नो ब्राण्डको नाम दिएर सुरुवात गर्नु भनेको धेरै नै फरक कुरा हो । हरेक कुराको ज्ञान हुने भयो । कुन सामान कहाँ पाउछ अथवा मेसिनको सामान, जनशक्तिको व्यवस्थापन सबै कुराहरुको अनुभव र ज्ञान हुन्छ ।’ सुरुमा कपडा उत्पादन सुरु गर्दा आफूहरुलाई कुनै ज्ञान नभए पनि अहिले धेरै ज्ञान भएको उनले बताए । 

अध्यक्ष शेर्पाले अहिले हिमाली क्षेत्रमा पर्वतारोहण गर्ने, पदयात्रामा जाने, हाइकिङ गर्नेहरुले अधिकतम् मात्रा मकालु आउटफिट ब्राण्डका सामान प्रयोग गर्ने गरेको बताए । उनले अहिले नेपाली बजारमा यस्ता अरु पनि ब्राण्डहरु रहेको बताउँदै नेपालमै विश्वस्तरका गुणस्तरीय उत्पादन गर्न सकियो भने महंगो विदेशी सामान प्रयोग गर्नुपर्ने बाध्यता नहुने बताए । 

शेर्पाले भने, ‘हामीले आफ्नै नेपाली ब्राण्डको कपडाहरु सुपथ मूल्यमा किन्ने र लगाउन किन नपाउने ? नेपालमा पनि विदेशीभन्दा राम्रो सामान उत्पादन हुन्छ भनेर देखाउनु पनि हाम्रो प्रयास हो । मकालु आउटफिटका कपडाहरु उत्पादन सुरु गर्दा लगानी राम्रै लाग्यो । तर यसबाट आम्दानी बिस्तारै आउने विश्वास छ ।’ उनले नेपालमा विदेशी ब्राण्डको कपडाको प्रभाव धेरै रहेको बताउँदै त्यसलाई चिर्न जरुरी रहेको बताए । 

शेर्पाले थपे, ‘विदेशी ब्राण्डको छापका कारण नेपालीहरुले पैसा आँखा चिलेर हाल्छ । तर नेपाली ब्राण्डलाई पैसा तिर्न आनाकानी गर्ने गरेको देखिन्छ । नेपाली ब्राण्डको कपडाहरु विदेशीले आएर फटाफट किन्दिदैन् । पहिला त नेपालीले नै विश्वास गर्नुपर्यो ।’ उनले आफ्ना ब्राण्ड निर्यात गर्ने आफूहरुको योजना समेत रहेको सुनाए । 

‘मकालु आउटफिट’मा डाउनसुट, आठ हजार मिटर उचाइमा लगाउने कपडा, डाउन ज्याकेट, प्रिमियम ज्याकेट, पुरुष, महिला, बालबालिकाले लगाउने टि–सर्ट, हिमाली क्षेत्रमा लगाउने तातो कपडालगायत अरु ब्राण्डमा पाउने सबै उत्पादन पाइने शेर्पाको भनाई छ । बजारको आवश्यकता र मागअनुसारका डिजाइनहरु आफूहरुले तयार गर्ने शेर्पाले बताए । 

शेर्पाले शरद र वसन्त ऋतुमा धेरै कपडा बिक्री हुने गरेको बताउँदै भने, ‘व्यवसाय राम्रो भइरहेको छ । माग बढ्ने क्रममा छ । उपभोक्ताको विश्वास बढेको छ । यो हाम्रो लागि खुशीको कुरा हो । व्यवसाय राम्रो भएकाले थप लगानी गर्नुपरेको छैन् ।’ उनले मकालु आउटफिट ब्राण्डका कपडा अमेरिका, स्विट्जरल्याण्ड, क्यानडा, दुवई तिर पनि जाने गरेको बताए । यस ब्राण्डको एम्बासडर नेपालको पहिलो डिजे तेन्जिङ छन् । 

undefined

undefinedundefined

Advertisement