न्याय खोज्न भन्दै देशभरका लघुवित्त पीडितहरु पैदल यात्रा गरी आए राजधानी

Advertisement

काठमाडौं । न्याय खोज्न भन्दै देशभरका लघुवित्त पीडितहरू राजधानी काठमाडौं आइपुगेका छन् । उनीहरुले न्याय खोज्न भन्दै ‘न्याय मार्च’ नाम दिएर काठमाडौं प्रवेश गरेका हुन् । 

आज (मंगलवार) प्रदर्शनका क्रममा सहभागी रोल्पाका गगन विश्वकर्माले लघुवित्त संस्थाहरुले बढी ज्यादती गरेको हुनाले आन्दोलन गर्नुपरेको बताए । उनले लघुवित्त संस्थाहरुले ऋणीसँग चर्को ब्याज असुलेको बताए । 

Advertisement

विश्वकर्माले भने, ‘लघुवित्त संस्थाहरुले बढी ज्यादती गरेको हुनाले कसैलाई घरबार बिहीन बनाए, कसैलाई जग्गा लुटेर बैंकमा लुटपाट गराइदिने, बढी चर्को ब्याज असुलेका छन् । बढी पीडितलाई दबाब दिएकाले आन्दोलन गरेका हौँ ।’

लघुवित्तीय संस्थाबिरुद्धको संघर्ष समितिले बुधवारबाट काठमाडौं लक्षित आन्दोलन गर्ने बताएको छ ।

Advertisement

Advertisement