नेपाल ‘ए’द्वारा दोस्रो खेलमा क्यानडा-११ पराजित
फाइल तस्बिर

Advertisement

काठमाडौँ । नेपाल ‘ए’ टोली क्यानडा–११ विरुद्धको एकदिवसीय शृङ्खलाको दोस्रो खेलमा विजयी भएको छ । नेपाल ‘ए’ले क्यानडा–११ लाई दुई विकेटले पराजित गरेको हो ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा आज टस हार्दै क्यानडा–११ ले पहिला ब्याटिङ गर्दै ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ४० रन बनायो । दुई सय ४१ रनको विजयी लक्ष्य  नेपालले ४९ दशमलव एक ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्यो । यसअघि पहिलो खेलमा नेपाल ‘ए’ क्यानडा–११ सँग चार विकेटले पराजित भएको थियो ।

Advertisement

नेपालका लागि सन्दीप जोरालले सर्वाधिक ६६ रनको अद्र्धशतकीय पारी खेले । उनले ७४ बल खेल्दै सात चौका र एक छक्का हाने । त्यस्तै बसिर अहमदले ५२ रन बनाए । उनले ७० बलमा चार चौका र एक छक्का हिर्काए ।  रासिद खानले ४७ तथा अर्जुन कुमालले ४० रन बनाए । 

बलिङतर्फ क्यानडा–११ का निखिल दत्तले दुई तथा साद विन जफर र हर्श थाकरले एक एक विकेट लिए । 

त्यसअघि पहिला ब्याटिङ गर्ने क्रममा क्यानडा–११ का लागि श्रेयास मोम्भाले सर्वाधिक ६८ रनको योगदान दिए । उनले ८२ बलमा पाँच चौका हाने । यस्तै नवनित दलिवालले ४६, श्रीमन्था विजयरत्नेले ४१, आरोन जोनसनले ३६ तथा डिलोन हेलिगरले १६ रन बनाए ।

बलिङतर्फ नेपालका साहब आलमले तीन, शेर मल्ल र रासिद खानले दुई दुई तथा सागर ढकाल र बसिर अहमदले एक एक विकेट लिए । उक्त शृङ्खलाको अन्तिम खेल यही फागुन १० गते हुनेछ । 

Advertisement

Advertisement