हाम्रो आन्दोलन व्यवस्था र अवस्था परिवर्तनको लागि हो, यसलाई ख्यालठट्टा नठान्नुः राप्रपा

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपनेता बुद्धिमान तामाङले पार्टीले बुधवारबाट शुरु गर्ने देशव्यापी आन्दोलन व्यवस्था परिवर्तनको आन्दोलन भएको बताएका छन् । 

मंंगलवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले राप्रपाको आन्दोलन व्यवस्था र अवस्था परिवर्तनको आन्दोलन भएकाले यसलाई ख्यालठट्टा नठान्न आग्रह गरे । तामाङले अन्य बेलाको जस्तो सरकार र सत्ता परिवर्तनक, मंहगी नियन्त्रण जस्तो आन्दोलन नभएको बताउँदै पार्टीको आन्दोलन शान्तिपूर्ण र भद्र आन्दोलन भएकाले सबैले सोहीअनुसार आफ्ना कार्यक्रम अघि बढाउन आग्रह गरे । 

Advertisement

उनले भने, ‘यो आन्दोलन सामान्य ख्याल ठट्टाको आन्दोलन होइन । यो सरकार परिवर्तन गर्ने, महंगीको बिरोध गर्ने, केके बिरोध गर्ने होइन । हामीले व्यवस्था र अवस्था परिवर्तन गर्ने आन्दोलन हो । सबैले यसमा सोचेर अघि बढ्नुपर्छ । यो आन्दोलन शान्तिपूर्ण आन्दोलन हो । हामी भद्र आन्दोलन गर्ने हो ।’

पार्टीका सांसद धवलसमशेर जबराले राज्य पूर्णरुपले असफल भइसकेकाले व्यवस्था परिवर्तनको आन्दोलन शुरु गर्न लागेको बताए । उनले व्यवस्था र व्यवस्था चलाउने पात्रहरुलाई परिवर्तन गर्नको लागि आन्दोलन गरेकाले सोहीअनुसार आन्दोलनका कार्यक्रम अघि बढाउन आग्रह गरे । 

राणाले भने, ‘यस्तो बेलामा अहिले हामीले आन्दोलन गरेनौँ भने कहिले गर्ने आन्दोलन आन्दोलन अहिले सफल भएन भने कहिले होला सफल । राज्य पूर्णरुपले असफल भइसक्यो । यो राज्य चलाउने, यो व्यवस्था र व्यवस्था चलाउने पात्रहरुलाई परिवर्तन गर्नको लागि यो आन्दोलन हो । यो आन्दोलन हाम्रा लक्ष्य पाएपछि मात्रै रोकिन्छ । हाम्रो विचारधारामा मिल्ने पार्टी, समूह, अभियन्ता सबैलाई समेटेर अघि बढाउनेछौँ ।’

सांसद राणाले आन्दोलन आफूहरुका लक्ष्य प्राप्ति भएपछि मात्रै रोकिने दाबी गरे । उनले पार्टीसँग विचारधारा मिल्ने पार्टी, समूह, अभियन्तालाई समेटेर आन्दोलन अघि बढाउने बताए । 

Advertisement

Advertisement