साझेदारी वनको काठमा अनियमितताः वन अधिकृतसहित १९ जनाविरुद्ध मुद्दा दर्ता

Advertisement

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझेदारी वनको काठ कटान गरी ठेकेदारसँग मिलोमतो गरी आर्थिक अनियमितता गरेको अभियोगमा कपिलवस्तु जिल्ला वन कार्यालयका वन अधिकृतसहित १९ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले कपिलवस्तुका तत्कालीन वन अधिकृत कृष्णप्रसाद भट्ट, दुर्गाबहादुर कार्की र गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समिति कार्यान्वयन एकाइका तत्कालीन संयोजक महेन्द्रराज वाग्लेविरुद्ध रु २९ लाख १२ हजार एक सय ९३ बराबरको बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

Advertisement

सहायक वन अधिकृत बह्मदेव महतो, रेञ्जर हेमराज पण्डित, तत्कालीन सहायक वन अधिकृत शिवशङ्कर प्रसाद र सहायक वन अधिकृत टोलकराज चापागाईविरुद्ध रु २९ लाख १२ हजार एक सय ९३ बराबरको बिगो दाबी गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।  

आयोगले सहायक वन अधिकृतहरु लालबाबु झा, गणेशकुमार थारु र नागेन्द्रप्रसाद सिंह राजपुत, फरेष्टर रामरक्षाकुर्मी चौधरी तथा वन रक्षक सञ्जय थारुविरुद्ध  रु २९ लाख १२ हजार एक सय ९३ बराबरको बिगो दाबी गरेको छ । आयोगले वन रक्षक रामगोपाल त्रिपाठी, फरेष्टर रमतु चौधरी, वासुदेव गोडिया तथा प्रदेशसभा सदस्य जानकीप्रसाद यादवविरुद्ध रु २९ लाख १२ हजार एक सय ९३ बराबरको बिगो दाबी गरेको छ ।

त्यस्तै गोरखा मनकामना काष्ठ फर्निचर उद्योगका  सञ्चालक एकनाथ घिमिरेविरुद्ध रु नौ लाख ३९ हजार एक सय ३५ र एआर काठ दाउरा खरिद बिक्री सेन्टरका सञ्चालक गीता जिसीविरुद्ध रु १९ लाख ७३ हजार ५८ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको प्रवक्ता घिमिरेले बताए ।   

Advertisement