ललिता निवास क्षेत्रबाट सात दिनभित्र हट्न एनआरएनएसहितलाई बालेनको सातदिने अल्टिमेटम

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं ४ मा रहेको ललिता निवास क्षेत्रको सरकारी जग्गाबाट आफैं हट्न व्यक्ति, कम्पनी र संघसंस्थालाई अनुरोध गरेको छ । 

आज बुधबार एक सार्वजनिक सूचनामार्फत ७ दिनको समयावधि दिएर सार्वजनिक सम्पत्ति संरक्षणमा सहयोग गर्न अनुरोध गरेको हो ।

Advertisement

सरकारी सम्पत्तिको संरक्षण तथा उचित प्रबन्ध गर्ने कार्य आफूहरुको भएको महानगरले जनाएको छ । महानगरका प्रमुख बालेन शाहको यो निर्णयसँगै ललिता निवास क्षेत्रमा रहेका गैरआवासीय नेपाली संघसहित अन्य व्यक्ति र संस्थाहरुलाई नैतिक संकट गरेको छ । 

‘यस सूचनाले तोकेको समयभित्र सो क्षेत्रबाट नहटेमा प्रचलित कानुन बमोजिम हटाई सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने व्यहोरासमेत यसै सूचनामार्फत सम्बद्ध सरोकावालालाई सूचित गरिन्छ सूचनामा भनिएको छ ।

undefined

Advertisement

Advertisement