पाँच वर्षअघिको लाभांश लैजान सिटिजन्स बैंकको आग्रह, ३५ दिनभित्र नलगे कोषमा जम्मा हुने

Advertisement

काठमाडौं । सिटिजन्स बैंकले शेयरधनीलाई आर्थिक वर्ष २०७४/­७५ को नगद लाभांश लैजान आग्रह गरेको छ । आव ०७४/०७५ को लाभांश केही शेयरधनीले नलगेको भन्दै बैंकले एक सूचनामार्फत आजका मितिले ३५ दिनभित्र लाभांश दाबी गर्न बैंकले आग्रह गरेको छ ।

लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा सञ्चालन कार्यविधिअनुसार ५ वर्षसम्म पनि शेयरधनीले लाभांश नलगने उक्त लाभांश कोषमा जम्मा हुने बैंकले जनाएको छ । चैत ५ गतेसम्म पनि लाभांश नलगेमा लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने पनि बैंकले जनाएको छ । 

Advertisement

लाभांश लिन जाँदा शेयरधनीले आफ्नो परिचयपत्र पनि साथमा बोक्नुपर्नेछ । लगानीकर्ताले प्रमाण सहित लगानीकर्ता संरक्षण कोषमा गएर लाभांश दाबी गर्नुपर्ने हुन्छ । सेयर अभौतिकीकरण गर्न बाँकी लगानीकर्ताले भने पहिले शेयर डिम्याट खातामा ल्याउनुपर्नेछ ।

undefined

Advertisement

Advertisement