सात महिनाको वैदेशिक व्यापार: रु ८ खर्ब ९७ अर्बको आयात हुँदा ८६ अर्बको निर्यात

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको ७ महिनामा नेपालको वैदेशिक व्यापारमा गिरावट आएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आवको माघ मसान्तसम्मको तथ्यांकअनुसार गत आवको सोही अवधिको तुलनामा आयात २.३१ प्रतिशत र निर्यात ७.०७ प्रतिशतले घटेको हो । 

विभागका अनुसार चालू आवको ७ महिनामा नेपालले ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख रुपियाँबराबरको वस्तु आयात गरेको छ । गत आवको सोही अवधिमा नेपालले ९ खर्ब १९ अर्ब १६ करोड ५३ लाख रुपियाँ वस्तु आयात गरेको थियो । यो गत आवको सोही अवधिको तुलनामा २.३१ प्रतिशतले कमी हो । 

Advertisement

त्यसैगरी निर्यात पनि घटेको छ । चालू आवको माघ मसान्तसम्म नेपालले ८६ अर्ब ८३ करोड रुपियाँको वस्तु निर्यात गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ७.०७ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा ९३ अर्ब ४३ करोड रुपियाँबराबरको निर्यात भएको थियो । 

माघसम्म नेपालको कुल वैदेशिक व्यापार भने ९ खर्ब ८४ अर्ब ७७ करोड ४८ लाख रुपियाँबराबर भएको छ । गत वर्षको सोही अवधिमा यस्तो व्यापार १० खर्ब १२ अर्ब ५९ करोड ७६ लाख रुपियाँ थियो । यो गत आवको सोही अवधिको तुलनामा २.७५ प्रतिशतले कम हो ।  

त्यसैगरी, माघ मसान्तसम्म नेपालको व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड २९ लाख रुपियाँबराबर रहेको छ । गत वर्षको सोही अवधिमा ८ खर्ब २५ अर्ब ७३ करोड ३० लाख रुपियाँ बराबरको व्यापार घाटा भएको थियो । 

undefined

Advertisement