सितापाइलामा एकै परिवारका चार जनाको मृत्यु, श्रीमती र बालबच्चा कोठामा मृत, श्रीमान झुण्डिएर

Advertisement

काठमाडौं । राजधानीको सितापाइलामा एकै परिवारका चार जना मृत फेला परेका छन् । प्रहरीका अनुसार ३८ वर्षीया महिला र उनका ८ र २ वर्षीया छोरीहरु घरको कोठाभित्र मृत फेला परेका हुन् भने श्रीमान केही पर जंगलमा झुण्डिएको अवस्थामा भेटिएका हुन् । 

श्रीमानले आफ्नो परिवारको हत्या गरेर आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार घरको कोठाभित्र तीन वटा शव फेला परेको र श्रीमान झुण्डिएको अवस्थामा जंगलमा भेटिएको छ । 

Advertisement

जानकारी पाएपछि प्रहरीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । झुण्डिएको अवस्थामा मृत फेला पर्नेमा सोलुखुम्बुका राजु राजु विश्वकर्मा रहेको प्रहरीको भनाई छ । घटनाबारे थप विवरण आउन बाँकी छ । 

उनको श्रीमती प्रेमकुमारी श्रेष्ठ, ८ वर्षीया छोरी अनिशा  र २ वर्षीया नातिनी शिवानी मृत अवस्थामा भेटिएका हुन् । 

Advertisement

Advertisement