ट्रक र जीप ठोक्किँदा २ जनाको मृत्यु

Advertisement

काठमाडौं । बाराको आधाभार जंगल सडक खण्डमा ट्रक र जीप ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

सिमराबाट हेटौंडा तर्फ आउँदै गरेको ना ६ ख ३३५२ नम्बरको ट्रक र हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको बाप्र ०१–०२६ च १३३४ नम्बरको जीप एकआपसमा ठोकिँएका हुन् । 

Advertisement

उक्त घटनामा मृत्यु हुनेमा नुवाकोटको बिदुर नगरपालिका–९ कोल्नीका ३० वर्षीय सुजन मगराती र भारतको बिहार राज्य मोतिहारी मधुवनका २८ वर्षीय चन्दन चौहान रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी घाइते हुनेहरु भारतीय नागरिक बिहार मजफ्फरपुर परखना मोतिपुरका २२ वर्षीय राहुल चौधरी, बिहार महाराजगञ्ज गोरखपुरका १७ वर्षीय सुदीप चौहान, सोही ठाउँ बस्ने १९ वर्षीय रामलखन चौहान र ट्रक चालक बाराको परवानीपुर गाँउपालिका–४ चैनपुरका ३० वर्षीय रवि पटेलको उपचार भइरहेको छ ।  

Advertisement