सामुदायिक र बीपीडब्लुलाई सेबोनबाट मर्जरको अन्तिम स्वीकृति

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सामुदायिक र बीपीडब्लु लघुवित्त वित्तीय संस्थाबीच मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । बोर्डले फागुन ९ गते मर्जरका लागि स्वीकृति दिएको हो । 

उक्त मर्जरका लागि नेपाल राष्ट्र बैंकले गत माघ २४ गते अन्तिम स्वीकृति दिएको थियो । मर्जरपछि ‘सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट वित्तीय कारोबार हुनेछ । 

Advertisement

यी दुई लघुवित्त संस्था १ः०.८५३५ सेयर स्वाप अनुपातमा मर्ज हुन लागेका हुन् । मर्जरपछि बन्ने संस्थाको केन्द्रीय कार्यालय बनेपा नगरपालिका वडा नं १४ मा रहने छ । 

यता, सामुदायिक र बीपीडब्लु लघुवित्तबीच मर्जरको लागि कात्तिक २ गते अन्तिम सम्झौता सम्पन्न भएको थियो । गत असोज ३० गते दुवै लघुवित्तको विशेष साधारण सभाले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेका थिए ।

Advertisement

Advertisement