टाटाका ईभी गाडी नेपाली बजारमा सार्वजनिक गर्दा समायोजित मूल्यमै

Advertisement

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले भारतमा मूल्य समायोजन गरिएका टाटा नेक्सन के३ र टाटा टियागा इभी मिडियम रेञ्ज नेपालमा आउन नै बाँकी भएको जनाएको छ । उ

क्त इभी गाडीहरु नेपाली बजारमा सार्वजनिक गर्दा समायोजित मूल्यमा नै उपलब्ध हुने कम्पनीले जनाएको छ । 

Advertisement

टाटाका नेपाली बजारमा उपलब्ध टियागो इभीको भेरियन्टहरुमा जम्मा १५ हजार मात्र घटेको र उक्त गाडीहरु नाडा अटो शो देखि नै ‘इन्ट्रोडक्टरी’ मूल्यमा सिप्रदीले उपलब्ध गराइरहेको छ । यसबीचमा भारतमा मूल्य बढाउँदा पनि सिप्रदीले पुरानै मूल्यमा गाडी उपलब्ध गराएको हुनाले हाललाई टियागो इभीको मुल्य यथावत नै रहने छ ।  

अहिले नेपाली बजारमा टाटा टियागो लङ्ग रेन्जको २५.४९ लाख देखि २७.९९ लाखमा छ भने नेपालमा सर्वाधिक रुचाइएको नेक्सन इभी रु ४५.९९ लाखमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।  


 

Advertisement