सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र स्वरोजगार लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Advertisement

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र स्वरोजगार लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

सिद्धार्थले साधारणसभा प्रयोजनका शुक्रबार (भोलि फागुन ११) गते बुक क्लोज गर्दैछ छ भने स्वरोजगारले सोही प्रयोजनार्थ पर्सि अर्थात् फागुन १३ गते बुक क्लोज गर्दैछ । 

Advertisement

तर, फागुन ११ र १२ गते शुक्रबार–शनिबार परेकाले शेयर बजार बन्द रहनेछ । तसर्थ यी दुई कम्पनीको लाभांश हात पार्न आजसम्म शेयरधनी बन्नुपर्ने हुन्छ ।

सिद्धार्थले गत आर्थिक वर्षको नाफाबाट ११ प्रतिशत नगद लाभांश वितरण गर्दैछ भने स्वरोजगारले ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३६८ प्रतिशत नगद गरी कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्दैछ । 

लाभांश पारित गर्न सिद्धार्थले फागुन ३० गते र स्वावलम्बनले फागुन २६ गते वार्षिक साधारणसभा बोलाएको छ । 

Advertisement