आफूखुसी गैरहाजिर प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन, अन्यथा बर्खास्त हुने

Advertisement

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले आफूखुसी कार्यालयमा हाजिर नभएका १८ जना प्रहरी कर्मचारीलाई हाजिर हुन आउन भनेको छ । 

कार्यालयले बिहीबार एक सूचना जारी गर्दै आजको मितिले सात दिनसम्म सम्पर्कमा आउन निर्देशन दिएको छ । 
सम्पर्कमा नआएमा कारबाही हुनेसमेत बताइएको छ । 
‘सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित प्रहरी प्रधान कार्यालयमा हाजिर हुन आउनुहोला,’ सूचनामा भनिएको छ, ‘अन्यथा प्रहरी नियमावलीअनुसार कारबाही हुनेछ ।’

Advertisement

प्रहरी नियमावली २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँसिसक्दा पनि कार्यालयको सम्पर्कमा नआएकाले यो सूचना निकालेको जनाएको छ । 

सात दिनभित्र स्पष्टीकरणसहित कार्यालयको सम्पर्कमा आएमा सफाइको मौका समेत दिइने कार्यालयले जनाएको छ । 

undefined

Advertisement

Advertisement