विद्युत् बिक्री आम्दानी बढेसँगै भूगोल इनर्जीकाे नोक्सानी घट्यो

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् पुस मसान्तसम्म भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको नोक्सानी घटेको छ । 

समीक्षा अवधिमा कम्पनीले १ करोड १४ लाख ५६ हजार रुपियाँ नोक्सानी व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनी ३ करोड ९९ लाख ३५ हजार रुपियाँ नोक्सानमा थियो । 
विद्युत् बिक्रीबाट हुने आम्दानी बढेसँगै नोक्सानी घटेको कम्पनीले जनाएको छ । 

Advertisement

पुस मसान्तसम्म कम्पनीको विद्युत् बिक्री आम्दानी ११६.२१ प्रतिशतले बढेर ३ करोड ७१ लाख ४७ हजार रुपियाँ पुगेको छ । 

चुक्ता पुँजी ५४ करोड ४० लाख ५३ हजार रुपियाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी २.११ पैसा ऋणात्मक छ भने प्रतिशेयर नेटवर्थ ६०.१४ रुपियाँ छ ।  

Advertisement