नेशनल लाइफ ३७औं वर्षमा: लगानीकर्तालाई उच्चतम प्रतिफल दिने प्रतिबद्धता

Advertisement

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी आजबाट ३७ औं वर्षमा प्रवेश गरेको छ । सरकारी बीमा कम्पनीले मात्रै जनताको बीमा हुन नसक्ने देखेर २०४४ साल फागुन १० मा स्थापना भएको कम्पनीले आज ३७औं वार्षिकोत्सव भव्य रुपमा मनाउँदैछ ।

कम्पनीले ३७औं वार्षिकोत्सवको अवसरमा बिमितलाई अधिकतम बोनस र लगानीकर्तालाई उच्चतम प्रतिफल दिने प्रतिबद्धता जाहेर गरेको छ । बोनसदरको आधारमा सर्वोत्कृष्ट बोनस दिँदै आएको कम्पनीले आगामी दिनमा अझै सुधार गरेर बिमितलाई अधिकतम लाभ दिने प्रतिबद्धता जनाएको छ ।

Advertisement

३७औं वार्षिकोत्सवको अवसरमा रक्तदान लगायतका कार्यक्रमहरु देशैभरि आयोजना गरिने कम्पनीले जनाएको छ ।

सरकारको लगानी रहेको राष्ट्रिय बाणिज्य बैंक मुख्य प्रवर्द्धक रहेको कम्पनीमा संस्थापक लगानीकर्ताको ५५ प्रतिशत र सर्वसाधारण समूहको ४५ प्रतिशतले शेयर छ भने पाँच अर्ब एक करोड १६ लाख ६६ हजार ४२५ रुपियाँ चुक्ता पुँजी रहेको कम्पनीले जनाएको छ । 

चालू आवको दोस्रो त्रैमासिकसम्म कम्पनीको जीवन बीमा कोष ७१ अर्ब ४४ करोड रुपियाँ सञ्चित छ । त्यस्तै, १५ लाख ९२ हजार ७७६ वटा बीमा पोलिसी जारी रहेको छ । कम्पनीले पछिल्लो छ महिनामा आठ अर्ब ६७ करोड बढि बीमाशुल्क संकलन गरेको जनाएको छ । 

३७ औं बार्षिकोत्सवको अवसरमा प्रविधिको सहायताबाट सरल र सर्वसुलभ बीमा सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ । अधिकतम् ८५ रुपियाँ घोषित बोनस दर रहेको कम्पनी नेपालकै सर्वाधिक बोनस दिने कम्पनी हो । 

Advertisement