शिवम् एग्रोले एकै वर्ष बिक्री गर्यो रु. एक अर्ब ६३ करोडको चामल

Advertisement

काठमाडौं । शिवम् एग्रो इन्डस्ट्रिज प्राइभेट लिमिटेडले एकै वर्ष एक अर्ब ६३ करोड रुपियाँको चामल बिक्री गरेको छ । कम्पनीले प्रत्येक वर्ष व्यापारमा वृद्धि गरेको हो । 

कम्पनीले आन्तरिक तथा भारतबाट धान ल्याएर पर्सामा रहेको उद्योगमा प्रशोधन गर्ने गरेको छ । पाँचदेखि ३० किलोसम्मको बोरामा चामल प्याकेजिङ गरी बिक्री गर्दै आएको यो उद्योगले सात वटा ब्राण्डमा चामल उत्पादन गरी बिक्री गर्नेगर्छ । 

Advertisement

शिभमले २०२२ मा एक अर्ब ४५ करोड व्यापार गरेकोमा  सन् २०२१ मा एक अर्ब आठ करोड ५० लाखको व्यापार गरेको थियो । पछिल्लो तीन वर्षमा कम्पनीले विस्तारै व्यापार बढाउँदै लगेको छ । 

सन् २०१२ मा स्थापना भएको शिभमले एक अर्ब ४० करोड ऋणको लागि रेटिङ गराएको छ । कम्पनीले व्यापार बढाउँदै लगेकोले वित्तीय अवस्था मजबुद रहेको उल्लेख सम्वन्धित् रेटिङ एजेन्सीले जनाएको छ । 

Advertisement