सामुदायिक लघुवित्त र बिपीडब्लु  लघुवित्तको एकीकृत कारोबार फागुन २४ बाट

Advertisement

काठमाडौं । सामुदायिक लघुवित्त र बिपीडब्लु  लघुवित्तले फागुन २४ गतेबाट एकीकृत कारोबार शुरु गर्ने भएका छन् ।  

हिजो सम्पन्न सञ्चालक समितिको बैठकले एकीकृत कारोबारको मिति तोकेको संयुक्त मर्जर समितिका सचिव दिलिपकुमार पोखरेलले जनाएका छन् । 

Advertisement

साथै बीपीडब्लू लघुवित्तको शेयर मिलान, पुनः धितोपत्र दर्ता, धितोपत्रको अभौतिकरण र सूचीकरण प्रयोजनका लागि फागुन २४ गतेदेखि १५ दिनसम्म शेयर कारोबार रोक्का राखिदिन नेप्सेलाई पत्राचार गरिएको छ । 

यसैक्रममा सेबोनले सामुदायिक र बीपीडब्लु लघुवित्त वित्तीय संस्थाबीच मर्जरका लागि फागुन ९ गते स्वीकृति दिएको हो । उक्त मर्जरका लागि नेपाल राष्ट्र बैंकले गत माघ २४ गते अन्तिम स्वीकृति दिएको थियो । मर्जरपछि ‘सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट वित्तीय कारोबार हुनेछ । 

यी दुई लघुवित्त संस्था १ः०.८५३५ सेयर स्वाप अनुपातमा मर्ज हुन लागेका हुन् । मर्जरपछि बन्ने संस्थाको केन्द्रीय कार्यालय बनेपा नगरपालिका वडा नं १४ मा रहने छ । 

यता, सामुदायिक र बीपीडब्लु लघुवित्तबीच मर्जरको लागि कात्तिक २ गते अन्तिम सम्झौता सम्पन्न भएको थियो । गत असोज ३० गते दुवै लघुवित्तको विशेष साधारण सभाले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेका थिए ।

undefinedundefined

Advertisement