बालकुमारी घटनामा मन्त्री ज्वालाले राजीनामा नदिएपछि संसदमा विरोध, सभामुखद्धारा रुलिङ

Advertisement

काठमाडौं । सभामुख देवराज घिमिरेले बालकुमारी घटनाबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।

उक्त घटनाको छानविन गर्न गठित समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राजीनामा नदिएपछि बिहीबार साँसदहरुले संसद बैठकमा उठेर विरोध जनाएका थिए । गत पुस १३ मा दुई जना युवाको ज्यान जाने गरी भएको बालकुमारी घटनामा मन्त्री ज्वालालाई समेत छानविन समितिले दोषी औंल्याएपछि राजीनामा दिनुपर्ने, नभएर प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने आवाज उठ्दै गएको छ । 

Advertisement

यसअघि फागुन ६ को बैठकमा पनि नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका साँसदहरुले ज्वालाको राजीनामा मागेका थिए । त्यो दिन प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिवेदन बुझेपछि अध्ययन गरेर कार्यान्वयन गर्ने बताए पनि कार्यान्वयन नभएपछि आज पनि विरोध भएको थियो । 

आज संसद बैठक सुरु हुनासाथ विशेष समय लिएर एमाले सांसद रघुजी पन्त, राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ, राप्रपाका ज्ञानेन्द्र शाहीले मन्त्री ज्वालालाई कारवाही नभएकोमा प्रश्न उठाएका थिए । साँसद पन्तले झण्डा हल्लाउँदै स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिन गएको पहिलो पटक आफूले देखेको भन्दै अख्तियारमा बयान दिइसकेको मन्त्री क्याबिनेटमा बस्न नमिल्ने बताए । 

Advertisement

Advertisement